काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत अन्तिम प्रतियोगिता, सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको तेस्रो दिन राष्ट्रिय टिमका खेलाडी एमेच्योर सद्भाव आचार्य दुई स्ट्रोकको अग्रतासहित शीर्षस्थानमा रहनुभएको छ । अन्तिम १८ होलको खेल बाकी छँदा सद्भावले एकल अग्रता बनाउनुभएको हो ।
सद्भावले तेस्रो दिन पनि ७-अण्डर ६५ को उत्कृष्ट स्कोर निकाल्नुभयो । समग्रमा १६-अण्डर २०० को सानदार स्कोरमा नेपाल नम्बर एक एमेच्योर खेलाडी सुवास तामाङलाई दुई स्ट्रोकले पछि पार्नुभयो । दोस्रो दिनका संयुक्त लिडर सुवास ५-अण्डर ६७ खेल्दै समग्रमा १४-अण्डर २०२ को स्कोरमा दोस्रो स्थानमा तल झर्नुभयो । प्रोफेसनल गल्फरहरूलाई पछि पार्दै दुई एमेच्योर खेलाडीले अन्तिम १८ होलको खेल बाकी छँदा दाबेदारी प्रस्तुत गर्नुभएको छ ।
२-अण्डर ७० को कार्ड बनाउनुभएका धरानका निरज तामाङ समग्रमा ८-अण्डर २०८ सहित तेस्रो स्थानमा हुनुहुन्छ । डिफेण्डिङ च्याम्पियन तथा नम्बर एक प्रो शुक्रबहादुर राईले तेस्रो दिन १-अण्डर ७१ को स्कोर गर्नुभयो । समग्रमा ७-अण्डर २०९ सहित उहाँ चौथो स्थानमा रहनुभएको छ शुक्र लिडर सद्भावभन्दा नौ स्ट्रोकले पछि परिसक्नुभएको छ ।
समग्रमा ५-अण्डर २ सय ११ को स्कोरमा दिनेश प्रजापती र भुवन नगरकोटीले संयुक्तरूपमा पाँचौँ स्थान बाँड्नुभयो । दिनेशले ४-अण्डर ६८ र भुवनले १-अण्डर ७१ मा खेल सक्नुभयो । इभन-पार ७२ को स्कोरमा समग्रमा ३-अण्डर २१३ सहित जयराम श्रेष्ठ सातौँ स्थानमा रहनुभयो । पूर्णप्रसाद शर्मा र शिवराम पौडेलले समग्रमा २-अण्डर २ सय १४ सहित संयुक्तरूपमा आठौँ स्थान बाँड्नुभयो । पूर्णले ६-अण्डर ६६ र शिवरामले १-ओभर ७३ मा तेस्रो दिनको खेल सक्नुभयो । ३-ओभर ७५ को स्कोर निकाल्नुभएका तोरणविक्रम शाही समग्रमा १-अण्डर २ सय १५ सहित १०औँ स्थानमा हुनुहुन्छ ।
सुवासले फ्रन्ट नाइन ४-अण्डर ३२ मा सक्ने क्रममा पहिलो, तेस्रो, चौथो, सातौँ र नवौँ होलमा एक–एक सट बचाउनुभयो । छैटौँ होलमा बोगी प्रहार गर्नुभयो । ब्याक नाइन भने १-अण्डर ३५ मा पूरा गर्नुभयो । १२औँ, १६औँ र १८औँ होलमा बर्डी प्रहार गरे पनि १०औँ र १४औँ होलमा एक-एक सट खेर फाल्नुभयो ।
निरजले फ्रन्ट नाइनमा आज पनि उत्कृष्ट प्रदर्शन गर्नुभयो । पहिलो, तेस्रो, चौथो, सातौँ र नवौँ होलमा बर्डीको सफलता प्राप्त गर्दै फ्रन्टनाइन ५-अण्डर ३१ मा सक्नुभयो । ब्याक नाइनमा उहाँले लय गुमाउनुभयो । ११औँ र १२ औँ होलमा एक-एक सट बचाउनुभयो । तर, १४औँ र १६औँ होलमा बोगी खेप्दा १५औँ होलमा ट्रिपल बोगी प्रहार गर्नुभयो ।
प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालद्वारा आयोजित तथा सूर्य नेपाल प्रालिद्वारा प्रायोजित प्रतियोगितामा ४१ प्रोफेसनल र नौ एमेच्योर गरी कुल ५० खेलाडीको सहभागिता रहेको छ ।
कुल १५ लाख २० हजार नगद पुरस्कार राशि रहेको प्रतियोगिताको विजेताले दुई लाख ७० हजार प्राप्त गर्नेछ । यसैगरी दोस्रो, तेस्रो र चौथो हुने खेलाडीले क्रमशः १ लाख ७० हजार, १ लाख २० हजार र १ लाख प्राप्त गर्नेछन् । शीर्ष २१ मा पर्ने प्रोफेसनल खेलाडीले नगद हात पार्नेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच