काठमाडौं । ‘कल्पतरु’ साहित्यिक द्वैमासिक पत्रिकाको शतांक समारोह सम्पन्न भएको छ । काठमाडौंमामा एक विशेष समारोहबीच ‘कल्पतरु’ साहित्यिक द्वैमासिक पत्रिकाले पत्रिकाको १००औं अंक सार्वजनिक गर्दै शतांक समारोह सम्पन्न गरेको हो । सो अवसरमा प्रधान सम्पादक नवराज पुडासैनी ‘ज्योत्सना’को मुक्तकसंग्रह ‘उन्मुक्त ज्योत्सना’ पनि लोकार्पण गरिएको थियो ।
कार्यक्रमको प्रमुख अतिथि साहित्यकार कञ्चन पुडासैनीले विभिन्न स्रष्टाहरूलाई ‘कल्पतरु वर्ष स्रष्टा पुरस्कार-२०७९’ बाट सम्मानित पनि गर्नुभएको थियो । पत्रिकाले लेखकहरू भोजराज रेग्मी ‘मुखाले’, जेबी खत्री, टीकाराम रेग्मी, नवीन पौड्याल, मधुवन पौडेल, मुरारि सिग्देल, रूपक श्रेष्ठ, ऋषि बस्ताकोटीलाई सम्मानित गरेको हो ।
कार्यक्रममा अग्रज साहित्यिक पत्रकार तथा साहित्यिक पत्रकार संघका पूर्वअध्यक्ष रोचक घिमिरे, साहित्यकार गोविन्द घिमिरे वेदमणि, नवराज पुडासैनी, कपिल अज्ञात, विनोद नेपाल, गोकुल अधिकारी, मुकुन्द अर्याललगायतले आ-आफ्ना भनाइ राख्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच