काठमाडौं । आजदेखि देशभरका सिनेमाघरमा दुई चलचित्र प्रदर्शनमा आएका छन् । शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि सिनेमाघरमा आएका चलचित्र हुन् ‘वेलकम टु हेम्जाकोट’ र ‘नीरफूल’ । ‘वेलकम टु हेम्जाकोट’ सरोज पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्र हो भने ‘नीरफूल’मा फूलमान बलको निर्देशन रहेको छ ।
शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि सिनेमाघरमा दुई चलचित्र ‘वेलकम टु हेम्जाकोट’ र ‘नीरफूल’ प्रदर्शनमा आएका छन् । ‘वेलकम टु हेम्जाकोट’ सरोज पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्र हो भने ‘नीरफूल’मा फूलमान बलको निर्देशन छ । यसै हप्ता गरिएको यि दुई चलचित्रको प्रिमियरमा दर्शकले रुचाएका थिए ।
यसै हप्ता गरिएको यि दुई चलचित्रको प्रिमियरमा दर्शकले रुचाएका थिए । प्रिमियिरका अधिकांश दर्शकले चलचित्र राम्रो बनेको प्रतिक्रिया दिएका थिए । ‘वेलकम टु हेम्जाकोट’ गत वर्षको कात्तिक २५ मा प्रदर्शन आउने भनिए पनि विभिन्न कारणले सर्दै २६ आजदेखि सिनेमाघरमा आएको हो । क्लोजअप सिने प्रोडक्सनको व्यानरमा निर्मित यो चलचित्रमा बुद्धि तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, सन्दीप सिग्देल, अम्बिका तामाङ, सुजाइरा कार्की, विशाल पहारी, रवि गिरी, लक्ष्मीनाथ तिमल्सिना, रश्मी भट्ट, अस्मिता पन्त, शारदा गिरी, बलदीप राई, स्व.जयनन्द लामालगायतको अभिनय छ ।
तेजप्रसाद दाहाल, जितेन्द्र गिरी, बाबुराम कार्की, सुमन खड्का यो चलचित्रकाका निर्माता हुनुहुन्छ । चलचित्रले २०७९ सालको मंसिरमा काठमाडौंमा सम्पन्न भएको चौथो नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म फेष्टिबलमा उत्कृष्ट फिल्मको अवार्ड प्राप्त गरेको थियो । कास्कीको पर्यटकीय स्थल हेम्जाकोट वरपर चलचित्रलाई छायांकन गरिएको छ ।
त्यस्तै, आजदेखि सिनेमाघरमा आएको अर्को चलचित्र ‘नीरफूल’ २०७२ भूकम्पपछि धादिङको रुवि भ्यालीबाट उद्धार गरेर काठमाडौं ल्याइएकी छोरीको खोजीमा निस्कने एक दम्पतीको संघर्ष कथामा बनेको चलचित्र हो । दयाहाङ राई, बुद्धि तामाङ, शान्ति वाइबा, जिग्मे छ्योकी लगायतको यस चलचित्रमा अभिनय छ ।
अभिनेत्री रेखा थापाको विशेष भूमिकामा रहेको यो चलचित्रमा निमेष श्रेष्ठको सम्पादन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत छ । यो चलचित्रमा पुष्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, लक्ष्मी बर्देवा, मानसराज, रोशन फ्युबालगायतको समेत अभिनय छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच