प्रोमेटका सामग्री ल्याउँदै सेल्लुसिटी

Read Time = 2 mins

काठमाडौं । भिभो मोबाइललगायत एंकर र नोइज जस्ता मोबाइल उपकरणको आयातकर्ता र वितरक सेल्लुसिटी अन्तर्राष्ट्रिय प्रालिले ताइवानको परिचित ‘प्रोमेट’ ब्राण्डका सामग्री पनि नेपाल भित्र्याएको छ । प्रभावकारी वितरण सञ्जाल भएको सेल्लुसिटीले अनलाइन माध्यमबाट प्रोमेटका उपकरण वितरण गर्ने सोच बनाउँदै दराज अनलाइन स्टोरसँग सहकार्य गरेको छ ।

कम्पनीका अनुसार सन् २००१ मा स्थापना भएर बजारमा उपकरणहरू उपलब्ध गराउँदै आएको प्रोमेट हालसम्म लाखौं ग्राहकको माया र प्रविधि क्षेत्रका थुप्रै पुरस्कार पनि प्राप्त गर्न सफल भएको छ । स्मार्टफोन केस, ब्लुटुथ स्पिकर, एप्पल मोबाइलका उपकरण, डाटा केबल, कार चार्जर, इयर पड्स, हेडफोन र युएसबी हबलगायत स्मार्टवाच उत्पादन गर्दै आएको कम्पनीका सामान गुणस्तरीय र टिकाउ हुने गरेका छन् ।

सेल्लुसिटीले प्रोमेटका सामग्रीको खरिदमा अफर पनि ल्याएको छ । बुधबार काठमाडौंमा आयोजित एक समारोहबीच अफर सार्वजनिक गरेको हो । स्मार्टफोन केस, ब्लुटुथ स्पिकर, एप्पल मोबाइलका उपकरण, डाटा केबल, कार चार्जर, इयर पड्स, हेडफोन युएसबी हबलगायतका सम्पूर्ण उपकरणमा २४ महिना र स्मार्टवाचमा १२ महिनाको वारेन्टी प्रदान गरेको छ । जेठ ३२ सम्म दराज सेलमार्फत् सामग्री खरिद गर्ने दुर्ईजनालाई कम्पनीले एक-एकवटा सुनको सिक्का दिने भएको छ । त्यस्तै, पहिलो एक सय ५० ग्राहकलाई ३० प्रतिशत छुट र लक्की ड्रमार्फत् पाँचजनालाई प्रोमेटका सामग्री केवल ९९ रुपैयाँमा प्रदान गरिने कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?