ज्योति बैंकको कार्डलेस एटिएम सेवा

Read Time = 2 mins

काठमाडौं । ज्योति विकास बैंकले डेबिट कार्डबिना नै एटिएमबाट पैसा निकाल्न सकिने कार्डलेस भुक्तानी सेवा सुरु गरेको छ । उक्त सेवाअन्तर्गत ग्राहकले बैंकको मोबाइल बैंकिङ एप तथा वेब ब्राउजरमार्फत् प्राप्त ओपिटी कोड एटिएम मेसिनमा प्रयोग गरी सहज र सुरक्षित तरिकाले रकम झिक्न सक्ने बैंकले जनाएको छ ।

डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै ग्राहकलाई सहजता प्रदान गर्ने उद्देश्यका साथ आधुनिक बैंकिङ सेवा विस्तार गरिएको बैंकले जनाएको छ । बैंकको मोबाइल बैंकिङ एप ज्योति स्मार्ट तथा वेब ब्राउजरमार्फत् उक्त सेवा प्रयोग गर्न सकिनेछ ।

बैंकका अनुसार ज्योति स्मार्ट प्रयोगकर्ताहरूले एपभित्र रहेको पेमेन्ट आइकनमा थिचेपछि देखिने कार्डलेस विथड्रल आइकनमा ट्याप गरी मागिएको विवरण प्रदान गर्नुपर्नेछ । त्यसपछि ज्योति विकास बैंककै एटिएममा गई कार्डलेस ट्रान्जेक्सन चयन गरी आफ्नो मोबाइल नम्बर, निकाल्नुपर्ने रकम र मोबाइलमा प्राप्त ओपिटी कोड राखी रकम झिक्न सकिनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?