यस्तो छ- आजको तरकारी र फलफूलको मूल्य

Read Time = 2 mins

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार लोकल गाजरको प्रतिकेजी न्यूनतम मूल्य ११०, मटरकोशा प्रतिकेजी मूल्य १६०,कुरीलो प्रतिकेजी १८०,काउली स्थानिय प्रतिकेजी मूल्य ६०, आलु रातो ४५ कायम भइ कारोबार भइरहेको छ भने आँप मालदह ८०, आँप दशहरी १०० रुपैयाँमा पर्नेछ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३२० रुपैयाँ ,ब्रोकाउली ८०,कागती १५० रुपैयाँ, चमसूरको साग ११०, न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काक्रो १००,अदुवा प्रतिकेजी २४० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार तरबुजा प्रतिकेजी ४०, अनार ३८० रुपैयाँ,किवि ४०० रुपैयाँ, हरियो खुर्सानी अकबरे १५० रुपैयाँ,ताजा माछा(रहु) ३१५, ताजा माछा(मुंगरी) रू ३२० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको छ ।

यस्तै, टाटे सिमी १३६ रुपैयाँ ६७ पैसा, तितो करेला ४५ रुपैयाँ, लोकल परवर, भेडे खुर्सानी र घिरौला ५५ रुपैयाँ, चिचिण्डो ३५ रुपैयाँ, फर्सी ४५ रुपैयाँ, स्कूस ५६ रुपैयाँ ६७ पैसामा कारोबार भइरहेको छ भने भिण्डी,, हरियो खुर्सानी ७५ रुपैयाँ, तोरीको साग ४६ रुपैयाँ ६७ पैसा, रायोको साग ४५ रुपैयाँ, पालूगो , चमसूर र मेथीको साग ११६ रुपैयाँ ६७ पैसा, न्यूरो ८५ रुपैयाँ, कुरीलो १९३ रुपैयाँ ३३ पैसा, कन्य च्याउ १५४ रुपैयाँ र डल्ले च्याउ ३४० रुपैयाँ तोकिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?