५० हजार घुससहित जनस्वास्थ्य अधिकृत पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अधिकृत घुससहित पक्राउ परेका छन् ।

शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कार्यरत ल्याब टेक्निसियन अधिकृत छैटौं तह) लेखनाथ भट्टराईलाई ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

भट्टराईले शंखमूलमा ल्याब दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिएको आयोगले जनाएको छ ।

घुस रकमसहित नियन्त्रणमा लिइएका भट्टराईमाथि आवश्यक छानबिन भइरहेको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?