स्थगित प्रतिनिधिसभा बैठक सुरू

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । स्थगित गरिएको प्रतिनिधिसभा बैठक सुरु भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महत अनुपस्थित भएपछि १५ मिनेटका लागि स्थगित गरिएको प्रतिनिधिसभा बैठक सुरु भएको हो ।

संघीय संसदको दुवै सदनमा अर्थमन्त्री डा. प्रकाश शरण महतले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०र०८१ को आय र व्ययको अनुमानित विवरणमाथि छलफल चलिरहेको छ ।

राष्ट्रिय सभामा छलफलमा क्रममा सदस्यहरुले उठाएका प्रश्नको अर्थमन्त्री महतले शुक्रबार जवाफ दिने कार्यक्रमअनुसार उहाँ प्रतिनिधिसभामा अनुपस्थित हुनु भएको थियो । जसलाई रास्वपा सांसद सुमना श्रेष्ठले नियमापत्ति जनाएपछि प्रतिनिधिसभा बैठक शुक्रबार नै बस्नेगरी १५ मिनेटका लागि स्थगित गरिएको थियो ।

स्थगित प्रतिनिधिसभा बैठक सुरु भएको छ र उक्त विवरणमाथिको छलफलमा रास्वपा सांसद स्वर्णिम वाग्ले सहभागी हुनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?