पाल्पा । पछिल्लो केही समय यता पाल्पामा सवारी दुर्घटना बढ्दो छ । विशेषतःचालकको लापरवाही र साँघुरा सडकका कारण दुर्घटना बढ्दो रहेको हो । तर यति मात्र सवारी दुर्घटनाको कारण भने होइनन् । चालकको स्वास्थ्य अवस्था र पुराना गाडीका कारण पनि दुर्घटना बढ्ने गरेको ट्राफिक कार्यालय पाल्पाको ठम्याई छ ।
चालकको स्वास्थ्य र पुराना गाडीको अवस्थाका कारण दुर्घटना बढ्दै गएपछि पाल्पामा त्यसतर्फ सम्बन्धित निकायको ध्यान गएको छ । चालकमा उच्च रक्ताचाप, आँखामा कमजोरी जस्ता समस्या हुने र गाडीको इन्जिन समेत विग्रीएको, पुरानो हुने हुुँदा सवारी दुर्घटना हुने गरेपछि जिल्लाका ट्राफिक कार्यालय र श्रीनगर यातायात सेवा कम्पनी प्रालिले चालक, सहचालकको स्वास्थ्य परीक्षणदेखि सवारी जाँच गरेका छन् । चालक, सहचालक अस्वस्थ हुनु र सवारी साधनका यान्त्रिकरणको अवस्था समेत ठिक नहुनुुले दुर्घटना हुने गरेको भन्दै त्यसको समाधानका लागि स्वास्थ्य परीक्षण र सवारी साधन जाँच गर्ने अभियान सञ्चालन गरिएको हो ।
लायन्स लाकौल आँखा अस्पताल, पाल्पा अस्पताल, यातायात व्यवस्था सेवा कार्यालय र नेपाल रेडक्रस सोसाईटीको सहजीकरणमा पहिलो दिन ७० जना चालक, सहचालक र ४१ सवारी साधन परीक्षण गरिएको छ । पाल्पाबाट छुट्ने लामा तथा छोटा दुुरीका सवारी साधनको जाँच र चालक, सहचालकको स्वास्थ्य परीक्षण गरिएको हो । सवारी दुर्घटनाले ठूलो जनधनको क्षति भएसँगै दुर्घटनामा कमी गराउने उद्देश्यले सवारी चालक, सह चालक, र सवारी साधानको यान्त्रिकरण जाँच गरिएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख दामोदर मल्लले बताउनुभयो । उहाँले भन्नुुभयो,‘ चालक र सहचालकमा उच्च रक्ताचाप, आँखामा कमजोरी, जस्ता समस्या हुन सक्छन्, त्यति मात्र होइन सवारी सधानहरु पनि पुराना,यात्रिन्करण विग्रीएका हुन सक्छन्, जसले गर्दा दुर्घटना निम्त्याउन्छ, त्यसलाई रोक्नका लागि हामीले स्वास्थ्य परीक्षण र यान्त्रिकरण जाँच गर्ने अभियान नै थालेका हों ।’
दुर्घटना गराउनमा चालक, सहचालक र सवारी साधानको अवस्थाले महत्वपूर्ण भूमिका खेल्ने भएकाले ट्राफिक कार्यालय र यातायात कम्पनीले थालेको अभियान प्रसंसनिय रहेको तानसेन नगरपालिका ६ का वडा अध्यक्ष सागरमान महर्जनले बताउनुुभयो । उहाँले भन्नुु भयो ‘दुर्घटनाको कारणलाई नै पहिचान गरी जुन किसिमको अभियानको सुरुवात गरिएको छ त्यो प्रशंसनिय रहेको छ ।’
साँघुरा सडकसँगै जनघनत्वमा वृद्धि, सवारी साधनको संख्यामा वृद्धि हुँदै गएकाले सडक दुर्घटनाको जोखिम बढाएको समेत अध्यक्ष महर्जनले बताउनुभयो । यस्तो अवस्थामा चालक, सहचालक र सवारी चेकजाँचले दुर्घटना न्यूनिकरणमा महत्वपूर्ण भूमिका खेल्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्रीराम भट्टले दुर्घटना हुन नदिन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गर्नुभएको छ ।
श्रीनगर यातायात कम्पनीका कार्यालय प्रमुख भविन्द्र गौतम, प्रालिका किरण चित्रकारले सवारी चालकहरू शारीरिक तथा मानसिक रूपले पूर्ण रूपमा स्वास्थ्य रहनुपर्ने भएकाले उहाँहरुका निशूल्क स्वास्थ्य परीक्षण कार्यलाई अगाडि बढाइएको बताउनुभयो । अबदेखि सवारी चालक तथा सहचालकको सुगर,प्रेसर सँगै समयमा समयमा आँखाको समेत निःशुल्क जाँच गरिने छ । स्वास्थ्य परीक्षण शिविरमा भाग लिएका चालक तथा सहचालकलाई स्वास्थ्य सम्बन्धी परामर्श सहित ट्राफिक नियम र सचेतनाका बारेमा समेत परामर्श प्रदान गर्ने गरिएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका