विद्यालय कर्मचारीको आन्दोलनमा शिक्षक महासंघको पनि ऐक्यबद्धता

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 3 mins

भोजपुर । सरकारले श्रम शोषण गरेको भन्दै नेपाल शिक्षक महासंघ भोजपुरले सामुदायिक बिद्यालयमा कार्यरत कर्मचारीहरुले सुरु गरेको आन्दोलनमा ऐक्यवद्धता जनाएको छ ।

नेपाल शिक्षक महासंघ भोजपुरका अध्यक्ष तिर्थ कुमार राईले बिद्यालयमा कार्यरत कर्मचारीहरुले राखेका जायज माग पुरा गर्ने तर्फ राज्यले ध्यान नदिएको बताउनुभयो । राज्यले बिभिन्न बर्गमा बर्गिकरण गरेर शिक्षकहरुलाई समेत बिभाजित गर्ने कार्य गरिहेको बताउँदै बोद्धिक श्रम शोषणमा सरकार लागेको बताउनुभयो ।

शिक्षा बिकास तथा समन्वय इकाई भोजपुरमा कर्मचारीहरुले जारी राखेको धर्ना कार्यक्रममा पुगेर महमासंघका अध्यक्ष राईले सरकारका तर्फबाट फोस्रो सम्झौता र झुटो आश्वासन दिने काम मात्र गरिएको बताउँदे बिद्यालयमा कार्यरत कर्मचारीलाई पनि सरकारी कर्मचारी सरहको सेवा सुबिधा सहित दरवन्दी, स्थायीत्व र सुबिधाको ब्यवस्था गरिनु पर्ने बताउनुभयो ।

सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक बर्ष २०८०/०८१ का लागि ल्याएको बजेट भाषणमा सामुदायिक बिद्यालयमा कार्यरत कर्मचारीको मागलाई सम्बोधन नगरेको भन्दै नेपाल बिद्यालय कर्मचारी परिषदले मुलुक भर आन्दोलन सुरु गरेको छ ।

नेपाल सरकारले ल्याएको बजेट भाषणमा बिद्यालयमा कार्यरत कर्मचारी तथा सहयोगीहरुका मागहरु कुनै पनि सम्वोधन नगरेकाले पहिलो चरणमा परिषदको निर्णय अनुसार शिक्षा बिकास तथा समन्वय इकाईमा धर्ना कार्यक्रम सुरु गरिएको परिषदका भोजपुर अध्यक्ष उषा राईले बताउनुभयो ।

सरकारले विद्यालय कर्मचारीलाई गरेको बेवास्ताको कारण आन्दोलन गर्न बाध्य हुनु परेको बिद्योदय मावि भोजपुरमा लामो समय देखि कार्यरत लेखापाल राजेन्द्र शाक्यले बताउनुभयो ।

विद्यालय कर्मचारी सहायक (लेखापाल)हरुका लागि ३६ हजार सात सय ३०, विद्यालय सहयोगीहरुका लागि २६ हजार दुई सय १० सहित पूर्ण सेवा सुविधाको ग्यारेन्टी तत्काल गर्नुपर्ने, सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुलाई दरबन्दीमा समायोजन गरी एक पटकका लागि प्रक्रिया पु-याई स्वतः स्थायी प्रक्रियामा लगिनुपर्ने लगायतका मागहरु सहित परिषद बिगत देखि नै आन्दोलमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?