काठमाडौं । लिटल फ्लावर प्रिमियर लिग (एलपीएल)मा सिनियर क्रिकेट प्रतियोगिताको तयारी सुरु भएको छ । धनगढीमा हुने उक्त प्रतियोगितामा आयोजक लिटल फ्लवार स्पोर्ट्स एन्ड इभेन्ट्सले प्रतियोगिताको तयारी सुरु भएको जानकारी दिएको छ ।
तयारीस्वरूप प्रतियोगितामा सहभागी हुन चाहने टिमहरू का लागि दर्ता खुला गरिएको छ । प्रतियोगिता कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुनेछ । तिहार लगत्तै प्रतियोगिता आयोजना गर्ने गरी आयोजक तयारीमा जुटेको अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिनुभयो ।
प्रतियोगिताका सात संस्करण विद्यालयस्तरीय प्रतियोगिताको रूपमा सम्पन्न भएको थियो । तर यस पटक देखि एलपीएल सिनियर (खुला) प्रतियोगिताको रूपमा सञ्चालन गर्न लागिएको शाहीले जानकारी दिनुभयो । देशभरबाट १६ क्रिकेट एकेडेमी, कलेज र आफ्नै क्रिकेट टिम भएका विद्यालयहरू ले प्रतियोगिता खेल्न पाउनेछन् । प्रतियोगिता विजेता टोलीले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पाउनेछन् । उपविजेता टोलीले १ लाख २८ हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पाउनेछ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट बलर र ब्याटरले समान १० हजार प्राप्त गर्नेछन् । प्रतियोगिता उदीयमान खेलाडीले नगद ५ हजार र प्रत्येक खेलको प्लेयर अफ दी म्याचलाई २ हजार पाँच सय प्रदान गरिनेछ । प्रत्येक टिमले नेपालका राष्ट्रिय खेलाडी राख्न पाउनेछन् ।
प्रतियोगितामा सहभागी टिमहरू मध्येबाट सबैभन्दा अनुसाशित टिमलाई फेयर प्ले अवार्ड प्रदान गरिनेछ । धनगढीमा सिनियर स्तरको प्रतियोगिता आयोजना नभएको धेरै वर्ष हुँदा र क्रिकेटको शहरमा क्रेज बढाउन सिनियर क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको अध्यक्ष शाहीले बताउनुभयो । शाहीले आगमी दिनमा देशकै उत्कृष्ट सिनियर प्रतियोगिताको रूपमा एलपीएललाई स्थापित गर्ने योजना रहेको बताउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच