नेपालको वरीयता खस्कियो

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपालको फिफा महिला वरीयता खस्किएको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतानुसार नेपाल एक स्थान तल झरेको हो । नयाँ वरीयता अनुसार नेपाल १०१औं स्थानमा छ । यसअघि नेपाल १००औं वरीयतामा थियो । एसियाली राष्ट्रमा १९औं स्थानमा रहेको नेपाल दक्षिण एसियाली राष्ट्रमा भने दोस्रो स्थानमा छ ।

नेपालले पछिल्लोपटक गत अप्रिलमा घरेलु मैदानमा भियतनामसँग पेरिस ओलम्पिकको लागि छनोटको पहिलो चरणको दुई खेल खेलेको थियो । विश्व वरीयतामा ६०औं स्थानमा रहेको भारत दक्षिण एसियामा शीर्षमा छ । भुटानले ७ स्थान सुधार गर्दै १७१औं स्थानमा उक्लिएको छ । यसअघि भुटान १७८औं स्थानमा थियो । विश्व वरीयतामा शीर्ष पाँचसम्म कुनै परिवर्तन भएको छैन । अमेरिका शीर्ष स्थानमा यथावत् छ । जर्मनी दोस्रो, स्वीडेन तेस्रो, इंग्लयाण्ड चौथो र फ्रान्स पाँचौं स्थानमा यथावत छ ।

एक स्थान सुधार गरेको स्पेन छैटौं स्थानमा उक्लिएको छ । एक स्थान तल झरेको क्यानडा सातौं, एक स्थान सुधार गरेको ब्राजिल आठौं, एक स्थान झरेको नेदरल्याण्ड्स नवौं र अष्ट्रेलिया शीर्ष १० मा यथावत् छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?