बगैंचामा ‘चिया कविता’

हिमालय टाइम्स
Read Time = 2 mins

ललितपुर । ललितपुरको जावलाखेलस्थित बगैंचा ग्रिल एण्ड बारमा ‘चिया कविता’ सम्पन्न भएको छ । ज्योति साहित्य प्रतिष्ठानको आयोजनामा विश्व कवि तुलसी दिवसको प्रमुख आतिथ्यतामा चिया कविताको १९७औँ शृंखला सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि दिवसले आफूले २० वर्षअघि नै ‘रूख’ शीर्षकमा सात-आठवटा कविता लेखेर प्रकाशित गरेको स्मरण गर्दै नेपाली साहित्यमा अहिले आएरमात्र पर्यावरण विषयमा कविता लेख्न सुरु भएको बताउनुभयो । उहाँले ‘रूख’ र ‘बाघचाल’ शीर्षकमा कविता वाचन गर्नुभएको थियो ।

विशिष्ट अतिथि शिखर कवि शैलेन्द्र साकारले पाटनका लोकप्रिय कवि ध्रुवकृष्ण दीपको सम्झना गर्नुहुँदै ‘दीप’ कविता वाचन गर्नुभएको थियो । यस्तै, कार्यक्रममा गजल माली ज्ञानुवाकर पौडेल, पूर्वप्राज्ञ एवं आख्यानकार माया ठकुरी, प्राडा भरतप्रसाद भट्टराई, श्रीओम श्रेष्ठ ‘रोदन’, त्रिपुरा पौडेल, रविन्द्र आशिष शैली, गायिका तथा कवि भारती बस्याल, अम्बिका खड्का, कृष्णबहादुर विष्ट, बुद्धिमान महर्जन, नम्रता श्रेष्ठ, राज रजक, राजबाबु श्रेष्ठ ‘सागर’, रूपसिंह भण्डारी, सविता श्रेष्ठ बेहोसी, जितेन्द्र मल्ल, कपिल अन्जान, लोचन रिजालले कविता, गीत, गजल प्रस्तुत गर्नुभएको थियो भने समृद्धि बस्यालले अंग्रेजीमा कविता वाचन गर्नुभएको थियो ।

सभापति मणिराज सिंहले ‘लोकतन्त्रको अस्मिता’ कविता वाचन गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन साहित्यकार राजबाबु श्रेष्ठ ‘सागर’ ले गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?