‘परस्त्री’ को ट्रेलर सार्वजनिक

Read Time = 2 mins

काठमाडौं । चलचित्र ‘परस्त्री’को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रमबीच निर्माण पक्षले ट्रेलर सार्वजनिक गरेको हो ।
ट्रेलरमा विवाहेत्तर सम्बन्धले परिवारमा निम्त्याउने समस्या र त्यसले पार्ने असरलाई देखाउन खोजेको छ । लभ, रोमान्स र बदला ट्रेलरमा देखिन्छ ।

असार १५ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको यो चलचित्रलाई सुरज पाण्डेले निर्देशन गर्नुभएको हो । शर्मिला पाण्डेको निर्माण रहेको चलचित्रमा कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्टलगायत कलाकार मुख्य भूमिकामा हुनुहुन्छ ।

‘परस्त्री’ भारतमा पनि रिलिज हुने निर्माण पक्षले जनाएको छ । हिन्दीमा डब भएको सिनेमाको हिन्दी भाषाको गीत पनि रिलिज गरिसकेको छ ।

‘परस्त्री’को म्युजिक राइट्स भारतीय म्युजिक कम्पनी बिफोयू मुभी एण्ड म्युजिकले खरिद गरेको छ । अमित मिश्र, सोनल प्रधान र कुनाल गान्जावालाले ‘परस्त्री’का गीत गाउनुभएको छ । दीपेन्द्र के खनालको लेखन रहेको चलचित्रमा निरज कँडेलको छायांकन र दीर्घ खड्काको सम्पादन छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?