‘बद्री बहादुर’को पोष्टर सार्वजनिक

Read Time = 2 mins

काठमाडौं । चलचित्र बद्री बहादुरको पोष्टर सार्वजनिक गरिएको छ । शोभित बस्नेत निर्देशित चलचित्र ‘बद्री बहादुर’का दुई पोष्टर शुक्रबार सार्वजनिक गरिएको हो । चलचित्र साउने संक्रान्तिको अवसर पारेर आगामी असार २९ गते देखि देशभरका सिनेमाघरमा आउँदै छ ।

सञ्चारकर्मी रवि अधिकारी कार्यकारी निर्माता रहेको यो चलचित्रमा जयकिशन बस्नेत, छुल्ठिम गुरुङ, लय संग्रौला, राजिवजंग बस्नेत, धिरेन शाक्य, शोभित बस्नेत, उत्तम केसी, एलिना गुरुङलगायतका कलाकारको अभिनय छ । समीर मिया सह-निर्माता रहेको चलचित्रमा सलोन बस्नेत र पूजा शर्माको विशेष भूमिकामा अभिनय छ ।

रामकाजी घिमिरेको लेखन, विनोद सापकोटाको छायांकन, टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, शिव विकको नृत्य, शंकर महर्जनको द्वन्द्व रहेको चलचित्रमा बन्दे प्रसादको सम्पादन छ ।

एबी पिक्चर्स फार्म र सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्र काठमाडौं, लमजुङ, धरान र संखुवासभामा छायांकन गरिएको हो । विजय गोपाली दली प्रस्तुतकर्ता रहेको चलचित्रमा मिथुन भोटे निर्माता हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?