सापकोटाको उपन्यास ‘सेयरपुर’ सार्वजनिक

Read Time = 2 mins

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) का पूर्वअध्यक्ष नारायणप्रसाद सापकोटाद्वारा लिखित उपन्यास सेयरपुर सार्वजनिक गरिएको छ । बिहीबार सेजनद्वारा आयोजित एक कार्यक्रमबीच नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल, सेजनका संस्थापक अध्यक्ष प्रतीक प्रधानसहित सेजनका वर्तमान तथा पूर्वअध्यक्षले संयुक्तरूपमा उपन्यास विमोचन गरेका हुन् । सो अवसरमा बोर्ड अध्यक्ष हमालले पुस्तकले सेयर बजारमा लगानी गर्नका लागि प्रोत्साहित गरेको बताउनुभयो ।

सेजनका संस्थापक अध्यक्ष प्रतीक प्रधानले आर्थिक पत्रकारहरूले सेयरमा लगानी गर्दा स्वनियमनमा बस्न सक्नुपर्ने बताउनुभयो । पत्रकारले आफू किन्ने बेला बजार घटाउने, बेच्ने बेला बढाउने खालका समाचार लेख्न नहुने उहाँको भनाइ थियो । सेजनका पूर्वअध्यक्ष विज्ञानविभु अधिकारीले सापकोटाले जटिल विषय सरल भाषामा उपन्यास लेख्नुभएको भन्दै पुस्तकमा सेयर बजारमा लगानी गर्दा भएको सफलता, असफलता र पुनः लगानी गर्ने हुटहुटीलगायतका विषय खुलाइएको बताउनुभयो । सो अवसरमा सेजनका पूर्वअध्यक्षहरू प्रदीप चापागाईँ, गोकर्ण अवस्थी, निवर्तमान अध्यक्ष भीमप्रसाद गौतम तथा सेजन अध्यक्ष जनार्दन बरालले पुस्तकका बारेमा चर्चा गरेका थिए । सेयरपुर उपन्यासको मूल्य पाँच सय रुपैयाँ र विदेशमा १० डलर रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?