काठमाडौंमा पाँचदिने कार्यशाला गर्दै एनपिनग

Read Time = 2 mins

काठमाडौं । नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एनपिनग) ले पाँचदिने कार्यशाला आयोजना गर्ने भएको छ । असार ३ देखि ८ सम्म काठमाडौंमा सञ्चालन हुने एनपिनग-एट कार्यशालामा नेटवर्किङ एवं सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा संलग्न व्यावसायिक विज्ञबाट दुर्ईवटा विषयगत क्षेत्रमा तालिम सञ्चालन गरिने आयोजकले जनाएको छ ।

इन्टरनेट एक्सचेञ्ज नेपाल (एनपिआइएक्स) तथा एनपिनगले संयुक्तरूपमा कार्यशाला सञ्चालन गर्नेछन् । जसमा नेटवर्क सेक्युरिटी, अप्टिकल फाइबर नेटवर्क एण्ड इन्फ्रास्टक्चर र बिजिपी एण्ड आइपिभिसिक्स डिप्लोयमेन्ट जस्ता विषय रहेका छन् । अन्तिम दिन सम्मेलन आयोजना हुने र आइटीसम्बन्धी विज्ञले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा सूचना सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत एक सय ५० जनाभन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ ।

एनपिआइएक्सका प्रबन्ध निर्देशक रूपेशभक्त श्रेष्ठका अनुसार कार्यक्रमले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा लागेका समुदायको पारस्परिक ज्ञान आदानप्रदानमा सहयोग पुग्नेछ । कार्यशाला र सम्मेलन दुवैमा सहभागिताका लागि रजिस्ट्रेसन शुल्क २० हजार रुपैयाँ र विदेशीका लागि दुई सय अमेरिकी डलर लाग्नेछ । कार्यशालाका लागि मात्र भने १७ हजार रुपैयाँ र विदेशीका लागि एक सय ५० अमेरिकी डलर शुल्क लाग्नेछ । सम्मेलनका लागि मात्र पाँच हजार रुपैयाँ र विदेशीका लागि ५० अमेरिकी डलर शुल्क लाग्ने आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?