काठमाडौं । पछिल्लो समय देशको अर्थतन्त्रमा क्रमिकरूपमा सुधार हुँदै गएको छ । चालु आर्थिक वर्ष २०७९/०८० को १० महिनामा अर्थात् वैशाखमा शोधनान्तर स्थिति दुई खर्ब १४ अर्ब ६७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति दुई खर्ब ८८ अर्ब ५० करोडले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा दुई अर्ब ४१ करोडले घाटामा रहेको शोधनान्तर समीक्षा अवधिमा एक अर्ब ६३ करोडले बचतमा रहेको नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको १० महिनाको वित्तीय प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै, कुल विदेशी विनिमय सञ्चिति २०७९ असारमा १२ खर्ब १५ अर्ब ८० करोडमा रहेकोमा २०.९ प्रतिशतले बढेर २०८० वैशाखमा १४ खर्ब ७० अर्ब ३३ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असारमा नौ अर्ब ५४ करोड रहेकोमा २०८० वैशाखमा १७.६ प्रतिशतले बढेर ११ अर्ब २१ करोड कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असारमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा २०८० वैशाखमा २४.१ प्रतिशतले बढेर १३ खर्ब १० अर्ब ६६ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्थासँगको विदेशी विनिमय सञ्चिति २०७९ असारमा एक खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा २०८० वैशाखमा ०.२ प्रतिशतले बढेर एक खर्ब ५९ अर्ब ६८ करोड पुगेको छ । आर्थिक वर्ष २०७९/८० को १० महिनाको आयातलाई आधार मान्दा बंैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.२ महिनाको वस्तु आयात र ९.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति दुर्ई खर्ब ८८ अर्ब ५० करोडले घाटामा थियो ।
चालु आर्थिक वर्षको १० महिना अवधिमा चालु खाता ५४ अर्ब ६७ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता पाँच खर्ब ४५ अर्ब छ करोडले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा चार अर्ब ५५ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४२ करोड ४५ लाखले घाटामा रहेको छ ।
रेमिट्यान्स आय पनि २३.४ प्रतिशतले बढ्यो
चालु आर्थिक वर्षको १० महिनामा रेमिट्यान्स आप्रवाह २३.४ प्रतिशतले बढेर १० खर्ब पाँच अर्ब १८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा ०.५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.४ प्रतिशतले बढेर सात अर्ब ७० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.२ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या पनि ५१.४ प्रतिशतले बढेर चार लाख २१ हजार दुई सय ७९ पुगेको छ भने वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ३.७ प्रतिशतले बढेर दुई लाख ३८ हजार नौ सय ७६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १८५.५ प्रतिशतले बढेको थियो ।
२४.५ प्रतिशतले घट्यो निर्यात
आर्थिक वर्ष २०७९/०८० को १० महिनामा कुल वस्तु निर्यात २४.५ प्रतिशतले घटेर एक खर्ब ३० अर्ब ९० करोडमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ५९.८ प्रतिशतले बढेको थियो । गन्तव्यका आधारमा भारततर्फको निर्यात ३३.६ प्रतिशतले घटेको छ भने चीन तथा अन्य मुलुकतर्फको निर्यात क्रमशः १००.६ र ८.२ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, अलैंची, ऊनी गलंैचा, पोलिष्टर धागोलगायतका वस्तुको निर्यात बढेको छ भने सोयाबिन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुनचाँदीका सामान तथा गरगहनाको घटेको छ । १० महिनामा कुल वस्तु आयात १६.८ प्रतिशतले घटेर १३ खर्ब ३५ अर्ब ३२ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २८.० प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १५.१ प्रतिशत, २१.० प्रतिशत र १८.६ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा रासायनिक मल, स्पोन्ज आइरन, सुन, पेट्रोलियम पदार्थ, कागजलगायतको आयात बढेको छ भने सवारीसाधन तथा स्पेयर पार्टस्, एमएस बिलेट, औषधि, अन्य मेसिनरी तथा पाटर््स, दूरसञ्चारका उपकरण तथा पार्ट्सलगायतको आयात घटेको छ । आर्थिक वर्ष २०७९/०८० को १० महिनामा कुल वस्तु व्यापार घाटा १५.९ प्रतिशतले घटेर १२ खर्ब चार अर्ब ४२ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २४.९ प्रतिशतले बढेको थियो ।
मूल्यवृद्धि ७.४१ प्रतिशत
वैशाख महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.४१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.८७ प्रतिशत थियो । खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.५४ र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.८९ प्रतिशत रहेको छ । समीक्षा महिनामा काठमाडौं उपत्यकामा ७.६८, तराईमा ७.१५, पहाडमा ७.५७ र हिमालमा ७.१२ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७९ वैशाखमा क्रमशः ७.३९ प्रतिशत, ८.१५ प्रतिशत, ७.८९ प्रतिशत र ८.२१ प्रतिशत रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच