पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु

सांकेतिक तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

जाजरकोट । पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ ।

भेरी नगरपालिका– १३ खानेपानी तथा सिंचाइ पोखरीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको हो ।

मृत्युहुनेमा नरबहादुर बस्नेतका ८ बर्षीय छोरा पाण्डप बस्नेत र टीकाराम बस्नेतका ९ बर्षीय छोरा प्रमोद बस्नेत रहनुभएको छ ।

स्कुलबाट फर्केर उनीहरू पौडी खेल्न गएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?