धरानमा अव्यवस्थित फोहर व्यवस्थापन(फोटोफिचर)

सुरेन्द्र थापा
Read Time = 3 mins

धरान । केही समयअघि धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङ राईले सामाजिक सञ्जालमा काठमाडौंको फोहोरबारे व्यंगात्मक स्ट्याटस लेख्नुभएको थियो । तर उहाँ हर्क साम्पाङको नगरमा भने फोहोर फाल्ने स्थान (डम्पिङ साइट) अव्यवस्थित रहेको छ । फोहोर फालिएको स्थानका रुख बिरुवासमेत मर्न थालेका छन् भने जंगली जनावरलेसमेत आफ्नो वासस्थान छाडिसकेका छन् । अर्का तर्फ फालिएको फोहोरमा विभिन्न फलाम तथा धातुका तारहरू पाइने भन्दै दैनिक आगो लगाउने गरिएको छ । फोहोरमा आगो लगाएका कारण भवानीपुरका करिब तीन सय घर परिवार फोहोरको धुवाँ खान बाध्य छन् । स्थानीय सरकारले नियन्त्रण गर्नु पर्नेमा सरकारले नै धुवाँ लगाएर मानव बस्ती मास्न खोजेको भन्दै पीडितहरू थप पीडामा छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?