जुम्ला । जुम्लाको तिला गाउँपालिकाको वडा नम्बर-६ ले बाल विवाह रोकथाम तथा अन्त्य गर्नका लागि वडा भित्रका युवायुवती तथा किशोर किशोरीसंग एकदिने अन्तरक्रिया कार्यक्रम गरेको छ । गाउँपालिकाले वडा नम्बर-६ लाई बालबिबाह मुक्त वडा घोषण गरेको एक महिना पछि युवायुवती र किशोर किशोरीसंग अन्तरक्रिया कार्यक्रम गरेको वडाध्यक्ष जंग रोकायाले जानकारी दिनुभयो ।
किर्डाक नेपाल जुम्ला, वर्ल्डभिजन इन्टरनेशनल, तिला गाउँपालिकाको आर्थिक सहयोग र वडापालिकाको आयोजनामा युवायुवती तथा किशोर किशोरीसंग एकदिने अन्तरक्रिया कार्यक्रम गरेको वडाध्यक्ष रोकायाले बताउनुभयो । अन्तरक्रियामा वडा भित्रका युवायुवती मात्र नभई वडा नं ७ पोखरी गाउँ र घोडेसिम गाउँका युवायुवतीहरुको व्यापक सहभागीता रहेकाे थियो ।
सामाजिक विकृतिलाई हटाउनका लागि वडाका जनप्रतिनिधि लागि परेका छन् । वडाले गरेका विकास निर्माणका गतिविधिको जानकारी दिने र भएका कमीकमजोरीलाई सुधार गरि सामाजिक बिकृति, बिसंगतिका विरुद्धमा वडा सरकारले युवा क्लब,बाल क्लबसंग सहकार्य र समन्वयबाट काम गरिने वडाध्यक्ष रोकायाको भनाइ छ ।
वडा सरकारलाई सधैं सहयोग र समन्वय गरि अघि बढ्नेदेखि वडा सरकार गलत बाटोमा गएको खण्डमा क्लबले खबरदारी गर्ने तिला गाउँपालिका-६ मा रहेकोे त्रिशक्ति बालक्लबका अध्यक्ष कविता रावतले बताउनुभयो । सो अन्तरक्रिया कार्यक्रम माथि छलफल गर्दा २० बर्ष माथिका अविवाहित युवायुवती जम्मा ८६ जना रहेको र युवा ५७ जना तथा युवती २९ जना रहेको छन् । १६ बर्षदेखि २० बर्ष मुनिका बालबालिका १२४ रहेको र बालक ६१ बालिका ६३ जनाको तथ्यांक संकलन गरिएको कार्यक्रम सहयोगी संस्था किर्डाक नेपाल जुम्लाका प्रतिनिधि प्रमिला बुढाले बताउनुभयो । उक्त वडालाई गत बैशाख २६ गते बालविवाह मुक्त वडा घोषणा गरिएको थियो ।
वाल विवाह अन्त्य भएको एक महिना पूरा भएको छ । महिना दिन भित्र हाम्रो वडामा के कति गतिविधि भए भनी प्रत्यक्ष जानकारी पाउनकोलागि 'बालविवाह अन्त्य र वडाको बिकास गतिविधि' बिषयमा एक दिने अन्तरक्रिया कार्यक्रम गरिएको वडाध्यक्ष जंग रोकायाले जानकारी दिनुभयो ।
वाल विवाह अन्त्य गर्नका लागि युवायुवती, राजनीति दल नागरिक समाज आमा समुह र समुदायको संयुक्त हस्ताक्षर समेत गरिएको छ । बालविवाह मुक्त कार्यक्रमलाई सफल पार्ने संयुक्त संकल्प प्रस्तावले कार्यन्वयनमा थप इट्टा थप्ने काम गरेको वडाध्यक्ष रोकायाले बताउनुभयो । वडा भित्रका बाल क्लब र युवा क्लबलाई चाहिने आवश्यक सहयोग गरिने तिला गाउँपालिकाको वडा नम्बर-६काे कार्यालयले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच