पाल्पा । भन्सार छली ल्याइएको अवैध युरियार मल पाल्पाबाट बरामद गरिएको छ । भारतीय बजारबाट भन्सार छलेर ल्याइएका २ लाख ९७ हजार ६ सय मूल्य बराबरका ३ सय ७२ बोरा युरिया मल जिल्लाको रम्भा गाउँपालिका-१ हुँगीस्थित कालीगण्डकी करिडोर सडक खण्डबाट बरामद गरिएको हो ।
शनिबार विहान नवलपरासीबाट रामपुरतर्फ मल लिएर जाँदै गरेको लु २ ख ३८१ नम्बरको ट्रकबाट उक्त मल प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले जानकारी दिनुभयो ।
शंका लागेर चेक जाँच गर्ने क्रममा हुँगी प्रहरी चौकीले विल नभएको भारतीय जनउर्वरक परियोजना भारत युरिया नामक १६७४० केजीको मल नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको अवैध मल स्थानीयको रोहबरमा बरामद गरी आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच