सोलुखम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वार नाम्चे बजारमा विगत केही वर्षको तुलनामा यस वर्ष सबैभन्दा बढी गर्मी रहेको छ ।
समुन्द्र सतहबाट ३४०० मिटरको उचाइमा रहेको नाम्चे बजारमा दैनिक तापक्रम १३ डिग्री सेल्सियस पुगेको छ । यो पछिल्लो १२ वर्षमा सबैभन्दा बढी हो ।
यहाँ १२ वर्षअघि पनि यस्तै तापक्रम बढेको स्थानीयवासीले बताएका छन् । नाम्चे बजारमा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म घाम लाग्ने भएकाले तापक्रम दोहोरो अंकमा पुगेको हो । विगत केही वर्षयता यसै सिजनमा नाम्चे बजारको औसत तापक्रम ४-५ डिग्री सेल्सियस रहदै आएको थियो ।
नेपालको जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यस क्षेत्रमा तत्कालै थप पानी पर्ने सम्भावना छैन । छिटपुट वर्षा हुन सक्छ तर तापक्रम घट्ने अपेक्षा भने गरिएको छैन।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच