भीरकोटको बयरघारीमा आगलागीबाट लाखौैँकाे क्षति

युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 2 mins

स्याङजा । स्याङ्जाको भीरकोट नगरपालिका वडा नं १ मा रहेको झरना फोटो स्टुडियोमा गएराति आगलागी हुँदा लाखौंको क्षति भएको छ ।

बयरघारी बजारमा रहेको पसलमा गए राति एक बजेतिर लागेको आगोले ५० लाख भन्दा धेरै क्षति पुर्याएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

क्षतिको विवरण संकलन गर्ने काम भईरहेको प्रहरीले जनाएको छ । पसलमा रहेका ४ वटा भिडियो खिच्ने क्यामेरा,५ वडा ल्याप्टप, दुई वटा डेस्क टप, २ वटा प्रिन्टर, विक्रिका लागि राखिएका खेलकुदका सामग्रीहरु लगायतका समानहरु पूर्णरुपमा जलेर नस्ट भएको पसलका सञ्चालक राजेश पौडेलले जानकारी दिनुभयो ुरातको समयमा भएको आगलागीका कारण कुनै पनि समान बाहिर निकाल्न नसकिएको पौडेलले बताउनु भयो ।

आगो वालिङ नगरपालिकाको दमकल,स्थानीय तथा प्रहरीको सहकार्यमा आगो नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

आगलागीको कारण भने नखुलेको नेपाली कांग्रेस भीरकोटका सभापति यामप्रासद अधिकारी लक्ष्मणले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, 'प्रहरी प्रशासनको सहकार्यमा मुचुल्का उठाउने काम हुँदैछ ।'

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?