काठमाडौं । विश्वभरी ईश्वी संवत् अनुसार जून महिनालाई गौरव महिना (प्राइड मन्थ) का रूपमा मनाइने गरिन्छ ।
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक जनसंख्या अन्तर्गतका विभिन्न पहिचानयुक्त समूहहरूले यस महिनालाई विशेष रूपमा मनाउने गरेका छन् ।
यसैगरि काठमाडौंमा आज जुन महिनाको दोस्रो शनिबार गौरव यात्रा को आयोजना गरिएको छ । सबै समुहका युवा–युवती शान्ति बाटिकामा जम्मा भै यात्रा नारायण चौरमा गएर कार्यक्रममा परिणत भएको थियो ।
गौरव अर्थात् प्राइडको सुरुवात समाजले यी विभिन्न पहिचानयुक्त समूहहरूलाई अवहेलना गरी यस्तो हुनु एउटा लज्जाको विषय भनि लाञ्छित तुल्याउने भएकाले आफ्नो लैङ्गिक पहिचान तथा यौनिक पहिचान लज्जाको विषय नभएको र त्यसमा गौरव गर्ने नारासहित सुरु भएको पाइन्छ । सोही गौरव महिनाको अवसरमा हुने भेला तथा र्याली कार्यक्रमलाई गौरव यात्रा (प्राइड परेड) भन्ने गरिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच