स्टकहोम । स्वीडेनको राजधानी स्टकहोममा भएको गोलीबारीमा परेर एकजनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार शनिबार साँझ दक्षिणी स्टकहोमको एक स्क्वायर नजिक चलाइएको गोली लागेर १५ वर्षीय एक बालकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
प्रहरी अधिकारीका अनुसार घाइते किशोरको घटनास्थलमै मृत्यु भएको थियो भने अन्यलाई अस्पतालमा भर्ना गरिएको छ । स्टकहोम प्रहरीका प्रवक्ता टोभ हागले मिडियालाई दिएको जानकारी अनुसार घटनास्थलमा मृत्यु भएका किशोर १५ वर्षका थिए।
गोली लागेर अन्य १५ वर्षीय बालक र ४५ देखि ६५ वर्ष उमेर समूहका एक पुरुष र एक महिला घाइते भएको प्रहरीले विज्ञप्तिमा जनाएको छ । प्रहरीका अनुसार गोली चलाएको एक घण्टाभित्रै दुई जना अभियुक्तलाई पक्राउ गरिएको थियो ।
उनीहरूमाथि प्रहरीले हत्या र ज्यान मार्ने उद्योगको अनुसन्धान थालेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच