काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)मा प्रतिनिधिसभाका सांसदहरूले बोल्ने क्रम सकिएको छ ।
आइतबार बजेटमाथि सांसदहरूले बोल्ने क्रम सकिएसँगै आज (सोमबार) बस्ने प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिने सभामुख देवराज घिमिरेले जानकारी दिनुभएको छ ।
प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेलाई तोकिएको छ । अर्थमन्त्री डा. महतले गत जेठ १५ गते २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान संसद्मा पेस गर्नुभएको थियो ।
यसअघि आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा सांसदहरूले आ-आफ्नो धारणा राखेका छन् ।
बजेटमाथि कतिपय सत्ता पक्षकै सांसदहरूले असन्तुष्टि जनाएका छन् । विपक्षी दलका सांसदहरूले भने बजेटलले मुलुकको वर्तमान आर्थिक संकट समाधान गर्न नसक्ने भन्दै तीव्र आलोचना गरेका छन् ।
जेष्ठ १५ गते सार्वजनिक गरिएको बजेटमाथि जेष्ठ २१ गतेदेखि प्रतिनिधि सभाको बैठकमा छलफल सुरु भएको थियो । करिब एक हप्तासम्म भएको छलफलमा भाग लिने अधिकांशले यसको विरोध गरेका छन्।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच