काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक पार्टी र नेताहरु नसच्चिएसम्म देश विकास सम्भव नरहेको बताउनुभएको छ ।
शुक्रवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले अपेक्षा गरेअनुसार देशमा समृद्धि आउन नसकेको बताउनु भयो । उहाँले देशको विकास हुन नसक्दा आम जनता निराश रहेको भन्दै जिम्मेवारीका साथ राजनीतिक दलहरुले आफ्नो कार्यभार निभाउनुपर्ने बताउनु भयो । गृहमन्त्री श्रेष्ठले देश बदल्नका लागि सबैभन्दा पहिला राजनीतिक पार्टी र नेताहरुले नै आफूलाई सच्याउन जरुरी रहेको बताउनु भयो । राजनीतिलाई सफा गर्ने र राजनीतिक नेतृत्व र पार्टीहरु रुपान्तरण गरेर सामाजिक, आर्थिक रुपान्तरणको प्रक्रियालाई तिब्र पार्नु आवश्यक रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीले अपेक्षा गरेअनुसार समृद्धि आएको छैन । जनतामा सन्तुष्टि देखिएको छैन, अहिलेको हाम्रो मुख्य कार्यभार देशको विकास गर्नु हो । तर हामीले भनेजस्तो रुपमा कार्यभार निभाउन सकेका छैनौँ । त्यो कहाँ कमजोरी भएको छ, त्यसलाई गम्भीरताकासाथ लिएर हामी अघि बढ्नुपर्छ । त्यसैले सबैभन्दा पहिला त राजनीतिक पार्टी र नेताहरुले नै आफूलाई सच्याउनु पर्छ । जनताले के भनेका छन् भने यो देश बदल्न सबैभन्दा पहिलो पार्टीहरु र नेताहरु बदलिनुपर्छ, त्यसपछि मात्रै देश बदलिन्छ । देश बदल्ने कुरा पार्टी र नेताहरु नबदलीकन हुँदैन भन्ने जनताको चाहना छ । त्यसकारण अहिले राजनीतिलाई सफा गर्ने र राजनीतिक नेतृत्व र पार्टीहरु रुपान्तरण गरेर सामाजिक, आर्थिक रुपान्तरणको प्रक्रियालाई तिब्र पार्नु आवश्यक छ ।’
गृहमन्त्री श्रेष्ठले देशको विकासलाई फड्कोमा पु¥याउने सरकारले लक्ष्य रहेको उल्लेख गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच