काठमाडौं । गाडी दुर्घटनामा घाइते सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ ।सिंहको उपचारको क्रममा साझँ ५ः ३३ बजे मृत्यु भएको अस्पताल स्रोतले जानकारी गराएको छ ।
सिंहसहित यो दुर्घटनामा ज्यान गुमाउने ३ जना पुगेको। दुर्घटनामा घाइते हुनुभएकी मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको यसअघि बझाङमै निधन भएको थियो ।
डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर आउने क्रममा मन्त्री सिंह चढेको सुपप्र. ०१००१ झ ४८० नम्बरको गाडी बझाङ केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो ।
मन्त्रीसहित पाँचजना सवार रहेकोमा चारजना गम्भीर घाइते भएका थिए ।
घाइते पिएसओ प्रहरी सहायक हवल्दार दिपक भण्डारी र चालक धर्मराज जोशीको कोहलपुर मेडीकल कलेजमा उपचार भैरहेको डाक्टर राहुल डगौराले जानकारी दिनुभयो ।
मन्त्री सिंहसँगै जीप चालक धर्मराज जोशी र प्रहरी सहायक हवल्दार दीपक भण्डारीलाई पनि उपचारका लागि नेपालगञ्ज ल्याइएको प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार दुवैको अवस्था मध्यम रहेको छ ।
मन्त्री सहित उनीहरुलाई उपचारका लागि एन ए ०६१ नम्बरको हिलिकप्टरबाट नेपालगन्ज लगिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच