काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप छनोटमा श्रीलंकाले ओमानलाई पराजित गरेको छ । जिम्बाब्वेको बुलवायोस्थित क्विन्स स्पोर्ट्स क्लबमा शुक्रबार भएको समूह ‘बी’को खेलमा श्रीलंकाले ओमानलाई १० विकेटले पराजित गरेको हो । आमानले दिएको ९९ रनको चुनौतीलाई श्रीलंकाले १५ ओभरमा बिना विकेट पूरा गर्यो । श्रीलंकाका लागि दिमुथ करुणारत्नेले सर्वाधिक ६१ रनको योगदान दिनुभयो ।
उहाँले ६१ बल खेल्दै आठ चौका बनाउनुभयो । त्यस्तै पथुम निस्साङकले ३९ बलमा पाँच चौकाको सहयोगमा ३७ रन बनाउनुभयो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमान ३० दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै ९८ रनमा समेटिएको थियो । ओमानका लागि आयान खानले सर्वाधिक ४१ रनको योगदान दिनुभयो । उहाँले ६० बल खेल्दै चार चौकाको मद्दतमा ४१ रनको योगदान दिनुभएको हो ।
यसैगरी ओमानका जतिन्दर सिंहले २१ तथा फयाज बुट्टले १३ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सक्नुभएन । ओमानलाई सस्तैमा समेट्ने क्रममा श्रीलंकाका वानिन्दु हसरंग एक्लैले पाँच विकेट लिनुभयो भने लाहिर कुमाराले तीन विकेट लिनुभयो । त्यस्तै कसुन रजितले एक विकेट झार्नुभयो ।
यस जितसँगै लगातार दोस्रो जित दर्ता गराएको श्रीलंकाले चार अंक जोडेको छ । श्रीलंकाले पहिलो खेलमा युएईलाई हराएको थियो । तीन खेल खेलको ओमानको पनि समान चार अंक रहेको छ । यसअघि ओमानले आयरल्याण्ड र युएईलाई पराजित गरेको थियो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच