देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । देशभरका स्थानीय तहहरूले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि आज बजेट सार्वजनिक गर्दैछन् । स्थानीय सरकार सञ्चालन ऐनमा स्थानीय तहहरूले हरेक आर्थिक वर्षको असार १० गतेसम्म बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था छ।

७ सय ५३ वटा पालिकामध्ये १२ वटा पालिकाहरूले बजेट पेस गरिसकेका छन् । असार १० गतेभित्रै सबै पालिकाले नीति तथा कार्यक्रम ल्याउनुपर्ने र असार मसान्तसम्म बजेट पारित गर्नुपर्ने कानुनी व्यवस्था छ । चालु आव २०७९/८० का लागि ५२ पालिकाले समयमा बजेट पेस गर्न सकेका थिएनन् ।

ADVERTISEMENT

पछिल्ला वर्षमा धेरै पालिकाले निर्धारित समयभन्दा निकै पछिसम्म पनि बजेट सार्वजनिक गर्न सकेनन् । यसले गर्दा वित्तीय अनुशासनमा प्रश्न उठिरहेको छ भने बजेट ढिला आउँदा खर्चमा समेत प्रभाव पर्ने गरेको छ ।

समयमा बजेट सार्वजनिक नगर्ने पालिकामा शिक्षक तथा कर्मचारीलाई तलब दिन नसक्नेदेखि बजेट खर्च गर्नमा समस्या हुने गरेको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको छ । संघीय सरकारबाट चार प्रकारका अनुदान र राजश्व बाँडफाँटबाट जाने रकम पालिकाको बजेटको मुख्य स्रोतका रुपमा मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?