जसपा बिधान अधिवेसन, आज समूहगत छलफल हुने

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं। जनता समाजवादी पार्टी नेपालको बिधान अधिवेसन जारी रहेको छ । सो अधिवेसनको दोस्रो दिन अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको बिधानमाथि आज(सोमबार) १० समूहमा बिभाजन गरेर छलफल हुँदैछ ।

आइतबार अध्यक्ष यादवले मस्यौदा बिधान प्रस्ताव गर्नुभएको थियो, सोही प्रस्तावित बिधानमा आजबाट समूहगत रूपमा छलफल हुन लागेको हो ।

बैठकमा केन्द्रीय कमिटीका ४१० सदस्य साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ संगठन लगायतबाट देशभरी तथा प्रवाससमेत गरी करिव आठ सय प्रतिनिधिहरू सहभागी भएर समूहगत छलफल गर्न लागेका हुन् ।

पुनः एकल नेतृत्वमा फर्काउने जसपा नेपालका बिद्यान पारित भएमा अध्यक्ष यादव पुनः शक्तिशाली हुनुहुनेछ । बिद्यानले ७० बर्षे उमेर हदको ब्यवस्थाका साथै एक ब्यक्ति एउटै पदमा दुई कार्यकाल भन्दा बढी बस्न नपाउने जस्ता नयाँ ब्यवस्था राखेर बिद्यान प्रस्तुत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?