म्याग्दी । विगत ३० वर्षदेखि कृषि पेशामा लागेका म्याग्दीको बेनी नगरपालिका २ खबराका ५८ वर्षिय चन्द्रबहादुर कार्की पछिल्लो डेढ वर्षयता आफूले फलाएको तरकारीको माग बढेपछि दंग पर्नुभएको छ ।
जिल्लाको नया पर्यटकीय स्थल लभ्लीहिल नजिकैको १२ रोपनी खेत र वारीमा प्राङगारिक तरकारी खेतीगर्दै आउनुभएका कार्कीले यस अघि कहिल्यै पनि आग्र्यानिक तरकारीको विक्रि यति धेरै भएको थाहा पाउनु भएको थिएन ।
“म विगत २८ वर्षदेखि तरकारी खेतीमा छु, मेरो जीवनको उर्वर समय मैले मेरै खेतवारीको माटोमा विताएको छु” कार्कीले भन्नुभयो “तर कोरोना कहर शुरु भएयता जसरी मैले फलाएको तरकारीको विक्रि भयो,त्यसरी यस अघि कहिल्यै पनि भएको थिएन।”
विश्वव्यापि महामारीको रुपमा फैलिएको कोरोना संक्रमण जतिजति बढ्दै गयो,मानिसहरुले आफ्नो स्वास्थ्यलाई ध्यानदिई आग्र्यानिक खानेकुराको मात्रा बढाउँदै लगे । विशेषगरी आयातित तरकारी र फलफूल नपाइने वा मानिसहरुले त्यसलाई ध्यान नदिने भएपछि सदरमुकाम नजिकै रहेका कृषकहरुकहाँ पुगेर नै बजारका मानिसहरुल्ो तरकारी खरिद गर्न थालेपछि कार्कीजस्तै व्यवसायिक तरकारी खेतीमा लागेका किसानहरुका उत्पादनले बजार पाउन थालेका हुन् ।
कृषक कार्कीको खेतवारीमा आग्र्यानिक तरकारी र फलफूल झुलिरहेका छन् । शारिरिक व्यायामका लागि विहान लभ्लीहिलमा जाने बजारका गृहिणी,युवायुवती वा बटुवाहरुले कार्कीको वारीमा पसेर ताजा तरकारी खरिद गरि फर्कने गरेका छन् ।
त्यसैगरी खबराका अर्का कृषक शोभित शर्मा,डाँडाखेतका नारायण पौडेल,बाबियाचौरका धर्मराज सुवेदी लगाएतका जिल्लाका दुई दर्जन बढी कृषकहरुले पछिल्लो समय प्राङ्गारिक तरकारीको विक्रि बढेपछि खेती विस्तार गर्ने सोंच बनाएको बताएका छन् ।
विगतमा तरकारी विक्रिवाट वार्षिक ५ लाख रुपैयाँ आम्दानी गर्दै आउनुभएका खबराका चन्द्रवहादुर कार्कीले २०७६ को चैतदेखि २०७८को वैशाखसम्म तरकारी विक्रि गरेर रु ११ लाख भन्दा बढी आम्दानी भएको बताउनुभयो । त्यसैगरी डाँडाखेतका नारायण पौडेलले पनि गत वर्ष आफूले उत्पादन गरेको तरकारी राम्रो विक्रि भएको र सोचेभन्दा बढी आम्दानी भएको बताउनुभयो ।
म्याग्दीका ६ वटा स्थानीय तहमा गरी २ सय भन्दा बढी कृषक व्यवसायिक तरकारी खेतीमा लागेका छन् । तरकारी खेतीमा लागेका किसानहरुले पछिल्ला वर्षमा मनग्गे आम्दानी गर्न थालेका कृषि प्राविधिक जगत बानियाँको अनुभव रहेको छ । बानियाँ भन्नुहुन्छ “कोरोना कहर शुरु भएयता मानिसहरुले आग्र्यानिक उत्पादनको महत्व बुझ्न थालेका छन्,जसले गर्दा गाउँका उत्पादनहरुको माग शहर बजारमा बढी हुन थालेपछि किसानहरुलाई फाइदा भएको हो ।”
कोरोनापछि धेरै मानिस अर्गानिक उत्पादन खोज्न थालेको बगरफाँटका कृषक जीतवहादुर कार्कीको पनि अनुभव रहेको छ । बेनी–बगरफाँट–सुर्केमेला–बरंजा सडकको छेउमा रहेको उहाँको बारीमा आग्र्यानिक तरकारी खरिद गर्न बेनीबजारबाट धेरै ग्राहाकहरु आउन थालेका छन् । कोरोनापछि अर्गानिक तरकारी खोज्दै उहाँका बारीमा धेरै उपभोक्ताहरु पुग्छन् । प्राङगारिक तरकारी खेतीगर्न पाउदा एकदम खुसीलागेको बताउनुहुन्छ । मानिसको स्वास्थ्यँग जोडिएको हुनाले पहिलादेखि नै कार्कीले प्राङगारीक खेतीको प्रचारपसार गर्दै आउनुभएको थियो ।
विषादीयुत्तः तरकारीले मानव स्वास्थ्यमा धेरै हानीगर्ने हुँदा सबैले अर्गानिक खेतीगर्नु कृषि विज्ञहरुको भनाइ रहेको छ ।
म्याग्दीमा निजी क्षेत्रले करोडौं लगानीमा कृषि फर्म संचालन गरेका छन् । जिल्लाको बेनी नगरपालिका ४ सिंगा र आवेवगरमा करिब १० करोडको लगानीमा संचालित हरियाली कृषि फर्म र मंगला गाउँपालिकाको हिदीमा ३ करोडको लगानीमा प्रांगारिक कृषि फर्म संचालित छन् । यी कृषिफर्मले पनि प्रांगारिक उत्पादनमा जोड दिँदै आएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच