स्वास्थ्य मन्त्री बस्नेतद्वारा बनेपाको रेयुकाई एईको मासुनागा आँखा अस्पताल निरीक्षण

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बिहीबार बनेपा ६ स्थित रेयुकाई एईको मासुनागा आँखा अस्पतालको निरीक्षण गर्नुभएको छ ।

निरीक्षणका क्रममा मन्त्री बस्नेतले अस्पतालले प्रदान गरिरहेको आँखा उपचार सेवाका बिषयमा जानकारी लिनुभएको हो । उहाँले उपचारका लागि आएका विरामी र उनीहरुका आफन्तसँग उपचार सेवाका विषयमा कुराकानी समेत गर्नुभएको थियो ।

अस्पतालले स्वास्थ्य विमा कार्यक्रम मार्फत पनि उपचार प्रदान गरिरहेको अस्पताल सञ्चालक समितिका महासचिव हीरामणी शर्माले मन्त्री बस्नेतलाई जानकारी दिनुभएको थियो । मन्त्री बस्नेतले समुदायमा सर्वसुलभ रुपमा आँखा उपचार सेवा प्रदान गर्न अस्पताल सञ्चालक समितिका सदस्य र अस्पतालका स्वास्थ्यकर्मीलाई सल्लाह दिनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?