धनगढीमा दुईदिने युवा वैज्ञानिक सम्मेलन शुरु

हिमालय टाइम्स
Read Time = 1 min

धनगढी । नविन खोज, अनुसन्धान र विकास भन्ने उद्धघोषका साथ दुई दिने युवा वैज्ञानिक सम्मेलन शुक्रबारदेखि धनगढीमा शुरु मएको छ ।

सम्मेलनमा रोवटिक्स फुटवल र यन्त्र रोवेटिक्स रेस सम्वन्धी प्रतिस्पर्धा भइरहेको छ । फुटवलमा ११ र रेसमा १६ टीमका बीचमा प्रतिस्पर्धा भइरहेको हो । दुईवटै विद्याका विजेता खेलाडीलाई पुरस्कार पनि दिइने भएको छ ।

प्रतियोगिताका लागि कैलाली कञ्चनपुर, बैतडी, बझाङ, दार्चुला लगायतका जिल्लाबाट आएका युवा तथा विद्यार्थी सहभागी छन् ।

युवा वैज्ञानिक सम्मेलनमा सुदूरपश्चिममा साथै सुर्खेत र काठमाडौबाट आएकाहरूले समेत विभिन्न खालका प्रदर्शनी र सिकाउने काम गरिरहेको मूल आयोजक सुदूरपश्चिम प्रदेश सरकार अन्तरगतको प्रदेश युवा परिषदका सदस्य सचिव युवराज कुँवरले बताउनु भयो।

दुई दिने कार्यक्रममा उत्कृष्ट प्रदर्शनी गर्ने समूह वा व्यक्तीलाई एक लाख रुपियाँ पुरस्कार दिने कार्यक्रम पनि रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?