काठमाडौं । नेपाली चलचित्र ‘काँडेतार’को कथालाई उत्कृष्ट घोषणा गरिएको छ । चलचित्र विकास बोर्डले स्टोरी बैंक (कथा संग्रहालय)अन्तर्गत निर्मित ‘काँडेतार’को कथालाई उत्कृष्ट घोषणा गरेको हो । उत्कृष्ट कथाका रूपमा छनोट भएसँगै यसको निर्माण पक्षलाई १० लाख रुपैयाँ प्रदान गरिएको छ ।
सामना फिल्मस् प्रालिको व्यानरमा निर्मित यो चलचित्रको निर्देशक नवल खड्का हुनुहुन्छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले निर्देशक खड्कालाई सो रकमबापतको चेक हस्तान्तरण गर्नुभएको थियो ।
यसअघि, बोर्डले स्टोरी बैंकका लागि कथा पठाउन आवाहृन गरेको थियो । त्यसमा विभिन्न मेकरले सहभागिता जनाएका थिए ।
स्टोरी बैंकको उद्देश्य चलचित्र निर्माणमा सरकारले सहयोग गर्न सकोस् भन्ने हो । छनोट भएका स्टोरीमा निर्मित चलचित्रलाई बोर्डले आर्थिक सहयोग प्रदान गर्छ । सोहीअनुसार ‘काँडेतार’ उत्कृष्ट हुँदै १० लाख रुपैयाँ पाएको हो ।
नवल खड्काद्वारा निर्देशित, निर्मित तथा अभिनित चलचित्र ‘काँडेतार’आगामी महाशिवरात्रीबाट देशभरका सिनोमघरमा आउने तयारीमा छ । नवलले देशभक्ति र राष्ट्रवादी भावनामा निर्मित चलचित्र काँडेतार’लाई नेपाल सरकारले सहयोग गर्नु सबै देशभक्त अभियन्ता तथा नागरिकहरूको सम्मान भएको बताउनुभयो । चलचित्रमा गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरी, बालकलाकारहरू नादिया खड्का, सनया खड्कालगायतको अभिनय छ ।
चलचित्रमा श्री श्रेष्ठको द्वन्द्व र कविराज गहतराजको कोरियोग्राफी छ । किको राई, अञ्जु केसी र नवल खड्का निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता सत्यकला राई हुनुहुन्छ । ‘काँडेतार’मा मणि थापा र दीपक शर्माको संगीत, सौरभ लामाको छायांकन, तारा थापा ‘किम्भे’ र बन्दे प्रसादको सम्पादन छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच