-नवराज शिवाकोटी
चरिकोट । दोलखाको जनसंख्या बृद्धिदर ऋणात्मक रहेको पाइएको छ । राष्ट्रिय जनगणना ३०७८ को तथ्याङ्क अनुसार जनसंख्या बृद्धिदर ऋणात्मक रहेको पाइएको हो ।
सदरमुकाम चरिकोटमा सोमबार तथ्याङ्क कार्यालय काभ्रेले आयोजना गरेको राष्ट्रिय जनगणना २०७८ को जिल्ला स्तरीय नतिजा सार्वजनिक कार्यक्रममा दोलखाको जनसंख्या बृद्धिदर -०.७४ रहेको जानकारी दिइयो । अघिल्लो अर्थात २०६८ को जनगणनामा भने जनसंख्या बृद्धिदर -०.९१ प्रतिशत रहेको थियो । गत जनगणनाको तुलनामा जनसंख्या बृद्धिदर केही बढेको तथ्याङ्कले देखाए पनि जनसंख्या बृद्धिदर ऋणात्मक हुनु राम्रो नमानिने गौरिशंकर क्याम्पस चरिकोटमा जनसंख्या विषय अद्यापन गराईरहनु भएका दुर्गाप्रसाद दहालले बताउनु भयो । दोलखाको कुल जनसंख्या १ लाख ७२ हजार सातसय सतसट्ठी रहेको छ ।
स्थानीय तहगत रुपमा हेर्दा पनि दोलखाका नौ वटा नैं स्थानीय तहहरुको जनसंख्या बृद्धिदर नकारात्मक रहेको पाइएको छ । सोमबार सार्वजनिक गरिएको तथ्याङ्क अनुसार सबै भन्दा बढी ऋणात्मक बृद्धिदर मेलुङ गाउँपालिकाको रहेको छ । मेलुङ गाउँपालिकाको कुल जनसंख्या १५ हजार आठसय त्रियानब्बे रहेकोमा जनसंख्या बृद्धिदर -२.३१ प्रतिशत रहेको छ । यसैगरी जिल्लाका अन्य स्थानीय तहहरुमा कुल जनसंख्या १५ हजार एक सय त्रिसट्ठी रहेको तामाकोशी गाउँपालिकाको जनसंख्या बृद्धिदर-२.०९ , १६ हजार चारसय नब्बे जनसंख्या रहेको विगु गाउँपालिकाको -१.०८ तथा १७ हजार आठसय छयान्नब्बे कुल जनसंख्या रहेको बैत्यस्वर गाउँपालिकाको जनसंख्याबृद्धि दर -१.०१ रहेकोे पाइएको छ ।
यसैगरी कुल जनसंख्या १७ हजार नौ सय तेइस रहेको शैलुङ गाउँपालिकाको-०.९१, कुल जनसंख्या ३४ हजार सातसय बाह्र रहेको भीमेश्वर नगरपालिकाको -०ं६४, कुल जनसंख्या १५ हजार नौ सय पन्चान्नब्बे रहेको गौरिशंकर गाउँपालिकाको -०.६२, कुल २१ हजार सन्तान्नब्बे जनसंख्या रहेको कालिञ्चोक गाउँपालिकाको -०.८१ र कुल जनसंख्या १६ एकसय नौ जनसंख्या रहेको जिरी नगरपालिकाको जनसंख्या बृद्धिदर -०.३६ प्रतिशत रहेको तथ्याङ्क कार्यालय काभ्रेले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।
जनघनत्वका हिसावले सबै भन्दाबढी जनघनत्व भीमेश्वर नगरपालिकामा रहेको पाइएको तथा सबै भन्दा कम गौरिशंकर गाउँपालिकामा पाइएको कार्यालयले बताएको छ । भीमेश्वर नगरपालिकाको जन घनत्व प्रति वर्गकिलोमिटर २६२ रहेको छ भने गौरिशंकर गाउँपालिकाको २३ प्रतिवर्ग किलोमिटर रहेको छ ।
यसैगरी अन्य स्थानीय तहहरुमा बैतेश्वरको २२३, विगुको २५, जिरी नगरपालिकाको ७६, कालिञ्चोक गाउँपालिकाको १५९, मेलुङ गाउँपालिकाको १८४ जनघनत्व प्रतिवर्ग किलोमिटर रहेकोछ । यस्तै शैलुङ र तामाकोसी गाउँपालिकाको जनघनत्व क्रमस १३९ र ९९ प्रति वर्ग किलो मिटर रहेको कार्यालयको तथ्याङ्क छ । औषतमा दोलखा जिल्लाको जन घनत्व ७९ जना प्रतिवर्गकिलोमिटर रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच