काठमाडौं । सेयर बजार सामान्य अंकले ओरालो लागेको छ । बिहीबार नेप्से सूचक ०.०६ विन्दुले घटेर २०४९.३८ अंकमा अडियो ।
३ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार हुँदा करिब ३ अर्ब रुपैयाँको सेयर कारोबार भयो ।
समग्रमा सेयर बजारमा असार मसान्तको दबाबसँगै आगामी मौद्रिक नीतिको कौतुहलताले पनि प्रभाव पारेको देखिन्छ ।
यस दिन २८० कम्पनीको ९७ लाख ५१ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १८ करोड ५६ लाख रुपैयाँसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः प्रभु बैंक संस्थापक र हिमालयन लाइफ इन्स्योरेन्स परेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच