बतास र आइसरको फाइनान्सर्स भेला

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपालस्थित आइसर कमर्सियल भेहिकलको आधिकारिक बिक्रेता बतास एमएडब्लु कमर्सियल भेहिकल्स प्रालिले भोल्भो आइसर कमर्सियल भेहिकल्स इण्डियाको सहकार्यमा फाइनान्सर्स भेला आयोजना गरेको छ । दुई कम्पनीबीचको व्यवसायी सहकार्यपछि आयोजित पहिलो औपचारिक कार्यक्रमको मुख्य उद्देश्य आइसर ब्राण्डको प्रवद्र्धनमा सहयोग गर्ने बैंकर तथा व्यवसायीप्रति कृतज्ञता व्यक्त गर्नु रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिपककुमार अग्रवालले बताउनुभयो ।

साथै बतास अर्गनाइजेसन तथा एमएडब्लु कमर्सियलबीच भएको नयाँ साझेदारी तथा भावी कार्ययोजनाबारे जानकारी गराउनु पनि कार्यक्रमको उद्देश्य रहेको उहाँको भनाइ थियो । सो अवसरमा बैंक तथा वित्तीय क्षेत्र, निर्माण व्यवसायी, कमर्सियल भेहिकलका अगुवा, यातायात व्यवसायी र विज्ञसहित एक सय ५० भन्दा बढीको सहभागिता थियो । बतास एमएडब्लु कमर्सियल भेहिकल्स प्रालिका अध्यक्ष विष्णुकुमार अग्रवालले दुर्ई समूहबीचको साझेदारी नवीनता, दिगोपन र ग्राहक केन्द्रित समाधानमा लक्षित हुने बताउनुभयो ।

बतास अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतासले आइसर यात्राको सफलता र निरन्तरताका लागि बैंकहरू र ग्राहकको विशेष भूमिका रहेको भन्दै भविष्यमा पनि त्यस्तै सहयोगको अपेक्षा रहेको बताउनुभयो । सो अवसरमा आइसरको नेपाल यात्रालाई महत्वपूर्ण सहयोग गर्ने एभरेस्ट बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, ग्लोबल आइएमईलगायत नौवटा बैंक तथा वित्तीय संस्थालाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?