‘अदृष्य’को ‘एक चोटी’ सार्वजनिक

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आगामी साउन १९ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारी गरेको चलचित्र ‘अदृष्य’को गीत ‘एक चोटी‘’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार प्रमोद अग्रहरि र रिस्ता बस्नेतलाई फिचर्ड गरिएको छ । गीतको भिडियोमा अभिनेता अग्रहरि र अभिनेत्री बस्नेतलाई रोमान्टिक अवतारमा नृत्य गरिरहेको देख्न सकिन्छ ।

विशाल पौडेलको शब्द रचना तथा संगीत रहेको सार्वजनिक गीतमा संगीतकार पौडल र सीमा संग्रौलाको स्वर सुन्न सकिन्छ । प्रल्हाद काफ्लेको डेब्यू निर्देशनमा निर्माण भएको यो चलचित्रमा मीना बस्नेत र उमारुद्रा काफ्लेको लगानी छ । रविन अधिकारी र रिकेश खत्री चलचित्रका सहनिर्माता हुनुहुन्छ ।

पिताम्बर फिल्म्सको प्रस्तुतिमा निर्माण भएको यो चलचित्रमा प्रमोद र रिस्तासँगै सोहित मानन्धर, प्रविण खतिवडा, छुल्ठिम गुरुङ, रवि गिरी, सिएम भारद्वाज सुवेदी, विकेश प्रजापती, गीत विष्ट, सुरज विष्ट, जसिता घिमिरे, सन्दीपबाबु लोहनी, रूपेश दाहाल, सुजन बज्राचार्य, अजित रेग्मी, रूपेश थापा, अभिमान सिंह बस्नेत, प्रतीक भुजेललगायतका कलाकारको अभिनय छ ।

राकेश रनपालको कथा, आकाश उखेडाको पटकथा तथा संवाद, उत्तम हुमागाईं र मोहनकुमार झिल्लुको छायांकन, विशाल पौडेलको संगीत, शिशिर खातीको कोरियोग्राफी, मुकेश शाहको पार्श्र्व संगीत, निशान घिमिरेको कलर, बनिश शाहको सम्पादन रहेको चलचित्रका प्रोडक्सन म्यानेजर प्रकाश बुढाथोकी र दिलिप पन्त हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?