कुवेत जान लागेका ३७ नेपाली कामदारलाई अध्यागमनले फेरि फर्कायो

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले फेरि कुवेत रोजगारीका लागि जान लागेका ३७ जना नेपाली कामदारलाई फर्काएको छ । अध्यागमन कार्यालयले शुक्रबार राति पुनः कुवेत जान लागेका ३७ कामदारलाई उनीहरूले पेश गरेको कागजात शंकास्पद लागेको भन्दै फर्काएको हो । यसअघि असार २७ गते अध्यागमनले कुवेत उड्न लागेका ११७ कामदारलाई फिर्ता पठाएको थियो । उनीहरूमध्ये ३७ जनालाई शुक्रबार राति फेरि अध्यागमनले फर्काएको हो । उनीहरू फेरि टिकट काटेर कुवेत जान लागेका थिए ।

निरकमल एचआर म्यानपावर कम्पनीमार्फत जजिरा एयरलाइन्सबाट जान लागेका ११ जना र सलाम एयरबाट चारजना कुवेत जान लागेका थिए । युथ म्यानपावरमार्फत जजिराबाट १३ जना र सलाम एयरबाट नौजना कतार जान लागेका थिए । २८ गते अध्यागमन एयरपोर्टबाट फर्काएको कामदारलाई पुनः टिकट काटेर पठाएकोमा कामदारलाई एउटा पत्र थमाएर यात्रा अनुमति नदिई फर्काएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ । सबै प्रक्रिया पूरा गरे पनि श्रमिकलाई कर्मचारीले दुःख दिने नियतले गन्तव्य मुलुक जान नदिएको संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताउनुभयो ।

कामदारलाई थमाएको पत्रमा ‘२७ गतेका कागजातलगायत विषय शंकास्पद भएकाले प्रस्थान अनुमति नदिएकोमा निजको भिसालगायत अन्य कागजातहरू छानविनको प्रक्रियामा रहेकाले अध्यागमन विभागका महानिर्देशकज्यूको निर्देशानुसार प्रस्थान अनुमति नदिइएको’ उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?