काठमाडौं । बुनपा-१० कपनमा अवस्थित जोसेफ हाइस्कुलबाट एसइई उत्तीर्ण विद्यार्थीहरूलाई एक भव्य कार्यक्रमको आयोजनागरी सम्मान गरिएको छ । पच्चीस वर्ष पहिले सूर्यबहादुर अधिकारीको सक्रियतामा स्थापित विद्यालयबाट हालसम्म करिब ३२ सय विद्यार्थीहरूले एसएलसी तह उत्तीर्णगरी तीन दर्जनभन्दा बढी मेडिकल डाक्टर, डेढ सयभन्दा बढी इञ्जिनियर भइसकेको जानकारी संस्थापक प्रिन्सिपल अधिकारीले कार्यक्रममा दिनुभएको थियो । अधिकारीका अनुसार-०७९ को एसइईमा जम्मा १३८ जना छात्रछात्राहरू सहभागी भएकोमा ‘ए’ प्लस ६० जना, ‘ए’ ६४ र बाँकी ‘बी’ प्लस १४ जना रहेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि बुनपाका मेयर मीठाराम अधिकारीले बूढानीलकण्ठ नगरपालिकालाई शिक्षाको प्रमुख केन्द्र बनाउने योजना रहेको र यसमा जोसेफ हाइस्कुलको महत्वपूर्ण योगदान रहेको विचार प्रकट गर्नुभयो । बुनपामा अहिले २३ सामुदायिक विद्यालय र ११९ वटा निजी विद्यालयहरू सञ्चालनमा छन् ।
कार्यक्रममा बोल्दै हिमालय टाइम्सका प्रधान सम्पादक वरिष्ठ पत्रकार प्रा.पुरुषोत्तम दाहालले विद्यालयबाटै असल हुन र असल काम गर्न विद्यार्थीहरूलाई अभिप्रेरित गर्नुपर्ने विचार प्रकट गर्नुभएको थियो । सो अवसरमा बुनपा-१२ का वडा अध्यक्ष शम्भु भट्टराईले जोसेफ स्कुलबाट सो अवधिमा करिब ३२ सय विद्यार्थी उत्तीर्ण हुँदा यो जनशक्ति कहाँ पलायन भयो भन्दै विदेशजान रोक्नु आजको आवश्यकता रहेको बताउनुभयो । स्रोत व्यक्ति यमनाथ चौलागाईं, साहित्यकार सीमा पुरीसहितका वक्ताहरूले शुभकामना मन्तव्य प्रकट गर्नुभएको थियो ।
सो अवसरमा उत्तीर्ण विद्यार्थी र विशेष योगदान दिने शिक्षक शिक्षिकाहरूलाई नगरप्रमुख अधिकारी, प्राध्यापक दाहाल, साहित्यकार पुरी र शोभा खरेल उप्रेती, तथा संस्थापक प्राचार्य अधिकारीले सम्मान गुर्नभएको थियो । कार्यक्रममा विद्यालयका छात्रछात्राहरूले रोचक नृत्य, गीतसंगीत प्रस्तुत गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच