फोहोर विसर्जनमा सहमति जुटाउन बसेको स्थानीयवासी र सरकारबीचको बैठक बिना निस्कर्ष सकियो

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । ल्याण्डफिल्ड साइट क्षेत्रका प्रभावित स्थानीयवासी र शहरी विकास मन्त्रालयबीचको बैठक बिना निस्कर्ष सकिएको छ ।
तीन दिनदेखि सिसडोल ल्याण्डफिल्ड साइट क्षेत्रका प्रभावित स्थानीय काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्ने शहरी विकासमन्त्रीको पहलमा बसेको बैठक बिना निस्कर्ष सकिएको हो ।

बैठकमा नुवाकोट ककनी गाउँपालिका अध्यक्ष,वडा अध्यक्ष र स्थानीयवासीहरु र शहरी विकासमन्त्री सीता गुरुङसहित बसेको बैठक विना निष्कर्ष सकिएको छ ।

बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै ल्याण्डफिल्ड साइट प्रमुख रविन्द्र बोहोराले सरोकारवाला र सरकारबीच भएको छलफल बिना निस्कर्ष सकिएको बताउनु भयो। यहाँले छलफलमा काठमाडौं महानगरका प्रतिनिधिको सहभागिता नभएकाले छलफल निष्कर्षमा पुग्न नसकेको भन्दै काठमाडौं महानगरपालिकासँग छलफल गरी निचोडमा पुग्ने बताउनु भयो ।

उहाँले काठमाडौं उपत्यकाको फोहोर मैला व्यवस्थापन हुँदै आएको बन्चरेडाँडामा दुई तीन दिनदेखि दुर्गन्ध फैलिएको भन्दै स्थानीयवासीहरुले फोहोरको गाडीहरु रोकिरहेकाले स्थानीयबासीहरुको माग सम्बोधन गरी तत्काल फोहोर व्यवस्थापन गर्ने बताउनु भयो।

उहाँले तत्काल बन्चरेडाँडामा फोहोर व्यवस्थापन कसरी गर्न सकिन्छ र फोहोरबाट फैलिएको दुर्गन्धलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने विषयमा प्रारम्भिक छलफल मात्रै भएको बताउनु भयो । उहाँले छलफलमा ल्याण्डफिल्ड साइटबाट १ किलोमिटरसम्म झिँगाहरु फैलिएकाले स्थानीयहरुलाई बस्न अफठ्यारो भएकाले तत्काल झिँगा नियन्त्रण गर्ने र फोहोर बिसर्जन गरेपछि माटोले क्यापिङ गर्ने काम नभएकाले टाढासम्म दुर्गन्ध रोक्ने बताउनु भयो। उहाँले झिँगा नियन्त्रण र माटो क्यापिङ लागि महानगरसँग बसेर निचोडमा पुग्ने बताउनु भयो । उहाँले क्यापिङको लागि माटोको समस्या आएकाले विगतमा १७ सय रोपनी अधिकरण भएको जग्गाको सिमाङ्कन हटाएकाले त्यसलाई पुनःसिमाङकन गरेर माटो ल्याउने स्थान महानगरलाई उपलब्ध गराउँने बताउनु भयो।

उहाँले क्यापिङ भएपछि धेरै कुराहरुको निराकरण हुने बताउनु भयो। उहाँले फोहोर मान्छेसँगै बस्ने अवस्था नभएकाले अतिप्रभावित क्षेत्रका स्थानीयवासीहरुलाई मुआब्जा दिएर स्थान्तरण गर्न इआईए गर्न भोलिदेखि नै प्राविधिक खटाउने बताउनु भयो। उहाँले इआर्ईए प्रतिवेदन आएपछि प्रभावित क्षेत्रका स्थानीयहरुलाई मुआब्जा दिएर स्थान्तरण गरिने बताउनु भयो ।

त्यस्तै ककनी गाउँपालिका वडा न.३ वडा अध्यक्ष धनराज बजगाईंले बैठकमा कुनै निस्कर्ष निस्कन नसकेको बताउनु भयो। उहाँले आईतवार काठमाडौं महानगरपालिका लगायत १७ वटा स्थानीय तहहरुसँग छलफल गर्ने तयारी रहेकाले उक्त बैठकपछि मात्रै फोहोरमैला व्यवस्थापन कसरी गर्ने निस्कर्षमा पुग्ने बताउनु भयो। उहाँले तत्कालका लागि अव्यवस्थित रुपमा फालिएको फोहोरलाई तत्काल व्यवस्थापन गर्ने मन्त्रालयले प्रतिवद्धता जनाएको बताउनु भयो। उहाँले झिँगा नियन्त्रण गर्न सरकारले पहल गर्ने बताएको बताउनु भयो। उहाँले वातावरण प्रभाव मूल्याङ्कनको लागि नास्टका वैज्ञानिक डा.भोजराज पन्तको अध्यक्षतामा बिहीवारदेखि फिल्डमा जाने सहमति भएको बताउनु भयो । उहाँले अव्यस्थित रुपमा फालिएको फोहोर व्यवस्थापन नगरेसम्म काठमाडौं उपत्यकाको फोहोर ल्याण्डफिल्ड साइटमा जान नदिने बताउनु भयो।

उहाँले सरकारसँग फोहोर व्यवस्थापनको लागि सधैँ लडाई गर्ने भन्दा पनि अब एक पटक सम्बोधन गर्ने भनेको काम गर्ने समय दिने बताउनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?