✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०८० साउन ४ गते बिहीबार, ई.सं. २० जुलाई, २०२३ । तिथि- श्रावण कृष्णपक्ष तृतीया, नक्षत्र- अश्लेषा, ९ः५६ बजेपछि मघा, योग- सिद्धि, करण- तैतिल, चन्द्रराशि- कर्कट, सूर्योदय ५ः२१, सूर्यास्तः १८ः५८ ।
मेष : दुर्घटनाका साथै चोटपटकको समेत भय रहेको छ ।
वृष : वैदेशिक क्षेत्रबाट शुभ समाचार मिल्नेछ ।
मिथुन : लक्ष्मी प्रशन्न रहनाले धनलाभ मिल्नेछ ।
कर्कट : प्रेमीप्रेमिकामा केही किचलो निम्तनेछ ।
सिंह : अनावश्यक कार्यमा धन खर्च हुनेछ ।
कन्या : कठिन परिस्थितिको डटेर सामना गरिनेछ ।
तुला : राजनीतिक क्षेत्रको चुनौती थपिनेछ ।
वृश्चिक : अपरिचित व्यक्तिसँग सहकार्यको अवसर मिल्नेछ ।
धनु : सरकारी नोकरीमा केही झमेला बेहोर्नुपर्नेछ ।
मकर : मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।
कुम्भ : पढाइलेखाइको सिलसिलामा स्थान परिवर्तन हुनेछ ।
मीन : शारीरिक आलस्यताले कार्यक्षेत्रमा व्यवधान आउनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच