-विराज राेस्यारा
कैलाली । भरुवा बन्दुक र गोलीसहित कैलालीमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जिल्लाको कैलारी गाउँपालिका-६ खरुवाखेरका ५२ वर्षीय नारायणप्रसाद चौधरीलाई शनिबार साँझ भरुवा बन्दुकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता तथा प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताउनुभयाे ।
चौधरीको घरमा भरुवा बन्दुक रहेको सूचना पाएपछि प्रहरी नायब निरीक्षक राजेन्द्रसिंह कार्कीको नेतृत्वमा गएको प्रहरी टोलीले खानतलासी गर्दा भरुवा बन्दुक र गोली बरामद गरेको थियो ।
उनको घरबाट एक थान एक नाले अवैध भरुवा बन्दुक, बारुद ४ डिब्बा, तयारी गोली ३८ पिस सानो, २८ पिस ठूलो, सिसाको टुक्रा नौ पिस, एक पिस सिसाको टुक्रासमेत बरामद गरिएको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिनुभयाे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच