-ध्रुबसागर शर्मा
म्याग्दी । म्याग्दीका ग्रामीण बस्तीलाई शहरसँग जोड्न जिल्लाका विभिन्न स्थानमा १३ पक्की पुल निर्माण गरिए पछि सहर र ग्रामीण बस्ती नजिकिएका छन् ।
एक नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दीका ग्रामीण बस्तीलाई शहरसँग जोड्ने गरी सडकको पहुँच पुयाउन गण्डकी प्रदेश र सङ्घ सरकारको लगानीमा जिल्लामा १३ पक्की पुल निर्माण भएका हुन् ।
प्रदेश सरकारअन्तर्गतको भौतिक पूर्वाधार विकास कार्यालय म्याग्दीले १०, सङ्घीय सरकारअन्तर्गतको सडक डिभिजन कार्यालय बागलुङले दुई र राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइमार्फत एक पक्की पुल निर्माण गरेको पूर्वाधार विकास कार्यालयका प्रमुख गुरुदत्त अधिकारीले बताउनुभयो । अधिकारीका अनुसार ६ ओटा पुलहरु निर्माण सम्पन्न भइ यातायातका साधनहरु संचालन भइसकेका छन् भने अन्य पुलहरु निर्माण सम्पन्न भए पनि औपचारिक रुपमा संचालनमा आउन बाँकी छ ।
अन्नपूर्ण गाउँपालिकाको हिस्तान र राम्चेलाई जोड्ने सन्सारी खोला पुल, मालिका गाउँपालिका केन्द्र दरवाङको छयारछेरेको म्याग्दी खोलामा निर्माण भएको पुल र मराङ बेँसी अर्कला पुल जेठ निर्माणसँगै विकट ग्रामीण वस्तीहरु पालिकाका केन्द्र र सदरमुकाम बेनी बजारसँग जोडिएका छन् ।
यसैगरी मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरदेखि वडा नम्बर ५ अर्मनलाई गाउँपालिका केन्द्रसँग जोड्न म्याग्दी खोलामा निर्माण भएको पुलबाट यातायातका साधनहरु संचालन भैरहेका छन् । रु ११ करोड २४ लाख २५ हजार ५२ लागतमा म्याग्दीखोलामा निर्माण भएको पक्की पुलको उद्घाटन हुन् बाँकी छ । असी मिटर लम्वाइको यो पुल दुई वर्षमा सक्ने गरी २०७५ पुस २५ गते लुम्बिनी प्राकृतिक जेभीसँग ठेक्का सम्झौता कोरोनाका कारण ढिला भएको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ ।
बेनी नगरपालिका ४ सिङ्गादेखि मङ्गला गाउँपालिकाको वडा नम्बर ३ वरङ्जालाई जोड्ने गरी म्याग्दी खोलामा पक्की पुल निर्माण भएको छ । यो पुलको कूल लागत रु १० करोड ७२ लाख १२ हजार छ । यो पनि लुम्बिनी प्राकृतिक जेभीले निर्माण गरेको हो ।
त्यसैगरी पूर्वाधार विकास कार्यालय म्याग्दीले निर्माण गरेको मालिका ७ भारबाङघाटमा पक्की पुल निर्माण गरेको छ । भारवाङको पुल निर्माण गर्न देव एण्ड सायर बिएन जेभीसँग रु छ करोड २४ लाख २३ हजारमा ठेक्का सम्झौता भएको थियो । उता पश्चिम म्याग्दीको मालिका ५ र धौलागिरि ७ को सिमाना दाङखोलामा पनि पक्की पुल निर्माण भएको छ । यो पुलका लागि इन्द्रेणी फेवा जेभीले रु एक करोड ९३ लाखमा ठेक्का सम्झौता गरेको थियो ।
त्यसैगरी बिमदेखि मराङ र मल्कबाङलाई जोड्ने अर्कलामा पनि पक्की पुल निर्माण भएको छ । रु दुई करोड ७२ लाखमा फेवा सावित्री जेभी पोखराले पुल निर्माणको जिम्मा लिएको थियो ।
यसरी म्याग्दीका विभिन्न बस्तीलाई शहरसँग जोड्ने गरी धमाधम पुल निर्माण कार्यले गति लिन थालेपछि स्थानीयमा उत्साह जागेको छ । अब हामी पनि शहरदेखि टाढा छैनौँ भन्ने महसुस हुन थालेको छ मालिका गाउँपालिका ६ का प्रेम सिउथानीले बताउनुभयो । गाउँगाउँमा मोटर गुड्न थालेपछि बल्ल विकास भनेको यस्तो हुँदो रहेछ भनेर बुझ्न थालिएको स्थानीयले बताएका छन् ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच