काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले पछिल्लो सुन प्रकरण अनुसन्धानको नाममा झारा टार्ने प्रयास गरिरहेको आरोप लगाउनुभएको छ ।
बुधवार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले यो सामान्य विषय नभएकाले यसको जरैसम्म पुगेर मुख्य नाईके पक्रनका लागि सरकारले विशेष छानबिन समितिनै गठन गर्नुपर्ने माग समेत गर्नुभयो । अध्यक्ष लिङदेनले सरकारले जरामा पुगेर सो प्रकरणमा छानबिन गर्न भन्दा पनि देखाउनका लागि अनुसन्धानको नाममा भरियाहरुलाई पक्राउ गर्ने काम गरिरहेको जिकिर समेत गर्नुभयो ।
उहाँले नेपाल सुन तस्करहरुको ट्रान्जिट प्वाईन्ट बनेको उल्लेख गर्दै बाह्य मुलुकको दबाबमा सरकारले करिव एक क्वीन्टल सुनको अनुसन्धान प्रक्रियालाई अघि बढाएको आफूहरुले सूचना पाएको पनि बताउनु भयो ।
अध्यक्ष लिङदेनले भन्नुभयो, ‘म सभामुख महोदयमार्फत सरकारलाई भन्न चाहन्छु–यो सामान्य विषय होइन । समाजलाई ठिक दिशामा ल्याउनका लागि यसको उचित छानबिन र उचित निकास दिनका लागि जरासम्म पुग्नुपर्दछ । अहिले हामीले भूटानी शरणार्थीको कुरा गरौं । ललिता निवास जग्गा प्रकरणको कुरा गरौं । कहीँ पनि हामी जरासम्म पुग्न सकेका छैनौं मात्रै होइन । सरकार जरासम्म पुग्नै अग्रसर भएको छैन । अहिले पनि हामीले एक क्वीन्टल, डेढ क्वीन्टल सुन पक्रियौं । यो चानचुने कुरा हो भनेर सरकारको तर्फबाट आइराखेको छ । त्यो कुनै सूचनाको आधारमा पक्राउ प¥यो होला नि । त्यो सूचनाको स्रोत को हो ? त्यो सूचना दिने स्रोतले त्यसमा को को संलग्न छ भन्ने कुरा भनेन होला । थाहा छैन होला । कि यो बाह्य दबाब वा सूचनाको आधारमा कसैलाई देखाउनका लागि मात्रै एक एक टिभ सुन पक्रने काम भएको हो ? हामीलाई केही सूचना आए अनुसार यो आकस्मिक रुपमा वा सरकारले थाहा पाएर पक्रेको होइन । नेपाल सुन तस्करको ट्रान्जिट प्वाइन्ट बनिराखेको छ । र, सम्बन्धित अरु देशले सूचना दिएपछि, दबाब दिएपछि यो पक्राउ गर्ने काम भएको हो भन्ने कुरा बजारमा आएको छ । त्यसकारण म सरकारसँग आग्रह गर्न चाहन्छु–भरियालाई पक्रेर सुन तस्करका नाईकेहरुलाई संरक्षण दिने, जोगाउने अनि हामीले त यति त ग¥यौ नि भन्ने काम नगरोस् । यसको जरासम्म पुगोस् । केही मानिसहरुको नाम अरु प्रकरणमा आएका छन । अनुसन्धान प्रक्रिया सशक्त ढंगले अगाडि बढाओस् । र, अहिले जुन ढंगले अनुसन्धानको नाममा झारा टार्ने काम भइराखेको छ । त्यसले जरासम्म पुग्न सकिँदैन । विशेष आयोग बन्नुपर्छ । छानबिन आयोग बन्नुपर्छ । र, सो आयोग बनाएर यो अनुसन्धान प्रक्रिया अघि बढाइयोस् भन्ने म आग्रह गर्न चाहन्छु ।’
अध्यक्ष लिङदेनले सरकारले सुन तस्करका नाईकेहरुलई संरक्षण दिने काम गर्न नहुने पनि पटकपटक दोहो¥याउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच