स्याङ्जा । पुतलीबजार प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा साहित्यकार विश्वप्रेम अधिकारी मनोनयन हुनुभएको छ । पुतलीबजार नगरपालिकाका नगरप्रमुख तुलसीराम रेग्मीले पुतलीबजार प्रज्ञा प्रतिष्ठान ऐन, २०८० को दफा ४ उपदफा १ (ख) बमोजिम अधिकारीलाई उपकुलपतिमा मनोनयन गर्नुभएको हो ।
पुतलीबजार प्रज्ञा प्रतिष्ठान ऐन, २०८० को दफा ४ उपदफा १ (ङ) बमोजिम चौध जनालाई प्रतिष्ठानको सदस्यमा मनोनयन गरिएको नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले बताउनुभयो ।
स्याङ्जाली साहित्य प्रतिष्ठान २०५२ सालमा स्थापना गरी ‘रजस्थल’ (२०५५) नामको त्रैमासिक साहित्यिक पत्रिका प्रकाशन गर्ने कामको समेत अगुवाइ गर्दै आउनुभएका अधिकारीका मेरी छोरी (२०४९) बन्दीको मनस्थिति (२०५२) संकल्प (२०५५) काव्यत्रयी (२०७४) विश्वप्रेम अधिकारीका संकलित गीति कविता (छन्दोबद्ध भाग ३-२०७४), अचाडु मनका स्वरहरु (२०६१) कविता संग्रह प्रकाशित छन् ।
त्यस्तै उहाँका सम्झनाका बिम्ब (निबन्ध संग्रह-२०७२) टिमुरको झोल (कथा संग्रह, २०७३) आँधीखोले लोकसंस्कृति र लोकगीत (२०५७), पश्चिमाञ्चलका लोकगीत र परम्परा (२०५८), आँधीखोले लोकसाहित्य : प्रस्तुति र विश्लेषण (२०५९) लगायतका साहित्यिक कृतिहरु प्रकाशित छन् । अधिकारी साहित्य र राजनीतिलाई एकसाथ बढाउने स्याङ्जाली लोकतान्त्रिक आन्दोलनका एक योद्धा मानिनुहुन्छ ।
पुतलीबजार नगरपालिकाद्वारा मनोनित प्रज्ञा प्रतिष्ठानका सदस्यहरुमा लोकराज शर्मा, सुर्यप्रसाद कोइराला, प्रा.डा. दिपेन्द्र पराजुली, डा. विश्वबन्ध पोखरेल, राजेन्द्र श्रेष्ठ, भवानी अधिकारी, अशोक गुरुङ, चिन्तु गिरी, सुनिता पौडेल, मञ्जु थापा, सम्झना थापा, रामबहादुर परियार, गुरुप्रसाद ढकाल र तारा पौडेल श्रेष्ठ रहनुभएको छ ।
पुतलीबजार नगरपालिकाको भाषा, साहित्य, संस्कृति एवं ललितकलाको संरक्षण, सम्बद्र्धन र विकासका लागि नगरपालिकाले प्रज्ञा प्रतिष्ठान गठन गरेको नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच