एसियाली खेलकुदका लागि क्रिकेट टोलीको घोषणा

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । चीनको हान्झोउमा दुई महिनापछि सुरु हुने १९औं एसियाली खेलकुदका लागि नेपाली टोलीको घोषणा भएको छ । घोषणा भएको नेपाली टोलीमा तीव्र गतिका बलर अभिनाश बोहरा, विकेटकिपर विनोद भण्डारी र अलराउण्डर विवेक यादवले पुनरागमन गर्नुभएको छ ।

टी-२० फम्र्याटमा हुने खेलका लागि आरिफ शेख, ज्ञानेन्द्र मल्ल र भीम सार्कीले भने स्थान बनाउन सक्नुभएन । विकेटकिपर विनोद भण्डारीले २०२२ जुलाईमा भएको स्कटल्याण्ड भ्रमणपछि नेपाली टोलीमा पुनरागमन गर्नुभएको हो ।

यस्तै अभिनाश बोहरा २०२२ अप्रिलपछि र युवा अलराउण्डर विवेक यादव गत वर्ष अगष्टमा भएको केन्या भ्रमणपछि नेपाली टोलीमा फर्कनुभयो । नेपालको टोलीमा रोहित कुमार पौडेल (कप्तान), कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, गुलशन झा, करण केसी, अभिनाश बोहरा, सन्दीप लामिछाने, ललित नारायण राजवंशी, विवेककुमार यादव, प्रतिश जिसी, सोमपाल कामी, सन्दीप जोरा र विनोद भण्डारी (विकेटकिपर) रहनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँ : मञ्चलाकुमारी झा दशैं नजिकिँदै गर्दा पनि कलंकी खसीबजार सुनसान हेटौँडामा पुरानो घरको जग खन्ने क्रममा माटोले पुरिएर एक जनाको मृत्यु प्रस्तावित राजदुत डा. झाको योग्यता र कार्यक्षमतामाथि सत्तारुढ सांसदको प्रश्नै प्रश्न श्रीलंकाका लागि प्रस्तावित राजदुत झालाई लुम्बिनीको ब्राण्डिङमा केन्द्रित हुन सांसद पुनको सुझाव रोकिराखेको ईभीलाई दुई बसले ठक्कर दिँदा चालक घाइते कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस भोजपुरमा माटो कमेरोले घर पोत्ने चलन हराउँदै शुक्र अस्त हुँदै : कुन काम गर्न हुन्छ, कुन हुँदैन ? नेपालगन्जमा दसैँको रौनक : चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन