स्थानीय तहको करप्रति आपूर्तिमन्त्री रमेश रिजालकाे असन्तुष्टि

हिमालय टाइम्स
Read Time = 3 mins

बारा । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले बारा र पर्सामा स्थानीय तहले लगाएको करको विरोध गर्नुभएको छ जीतपुरसिमरा नगर उद्योग वाणिज्यसँगको छैटौँ स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै मन्त्री रिजालले जीतपुरसिमरा उपमहानगरपालिका र वीरगन्ज महानगरपालिकाले लगाएको कवाडी तथा सम्पत्ति करको विरोध गर्नुभएको हो ।

मन्त्री रिजालले कवाडीको नाममा कच्चापदार्थबाट समेत कर उठाउनु अनधिकृत रहेको बताउनु भयो । स्थानीय तहले संकलन गरिरहेको कर अनधिकृत रहेको भन्दै मन्त्री रिजालले उक्त कार्य रोक्न आग्रह गर्नुभयो । यस्तो कार्य नरोकिए संघीय सरकारले हस्तक्षेप गर्ने संकेत समेत मन्त्री रिजालले गर्नुभयो ।

स्थानीय तहले आयकर र सम्पत्ति कर दुवै कर लिइरहेको भन्दै त्यस्तो गर्न नपाइने बताउनु भयो । उहाँले त्यस किसिमका कर फिर्ता लिन समेत आग्रह गर्नुभयो। स्थानीय तहले संकलन गरिरहेको करका विषयमा छलफल गरेर अघि बढ्ने बताउनु भयो ।

मन्त्री रिजालले बारा र पर्साका उद्योगबाट हुने प्रदूषण नियन्त्रणका लागि पहल भइरहेको बताउनु भयो। उहाँले सिमरास्थित विषेश आर्थिक क्षेत्रमा लगानी आकर्षित गर्नका लागि जग्गाको राजस्व दर कम गर्ने प्रयास भइरहेको समेत बताउनु भयो ।

कार्यक्रममा उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य डा। सुबोध गुप्ता, मधेस प्रदेशका अध्यक्ष अशोक टेमानी, बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, उद्योग वाणिज्यसँग वीरगन्जका अध्यक्ष अनिल अग्रवाल, वरिष्ठ उपाध्यक्ष हरि गौतम, नेपाल भारत सहयोग मन्चका केन्द्रीय अध्यक्ष अशोक वैध, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

संघले यस क्षेत्रबाट संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, उद्योगी, व्यवसायीलाई सल्लाहकारको रुपमा मनोनीत गरेको छ ।

संघका अध्यक्ष मोहन शर्मा लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण महासचिव प्रकाश गिरीले गर्नुभएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?